जापानी शैलीका कटौताहरु
- पुष्कर लोहनी/श्रीराम श्रेष्ठ/रामकृष्ण अमर
पुष्कर लोहनी
१,
मायालु कुवा
जाडोको तातो माया
गर्मीमा चिसो छाया ।
२,
गहिरो मन
जे जस्तो कोचे पनि
माया त रसिलो पो ।
३,
माटोको पाला
तेल खनाएकै हो
बल्दै बलेन बत्ती ।
४,
मुसो डुबेछ
पोखरी गनाउँदा
उफ्रेछ वाम माछा ।
५,
धकेली दिँदा
थकाउने पहाड
बजारियो खोंचैमा ।
६,
घचेडी दियौ
आँखामा आँखा च्याप्दै
जमाएको पानीमा ।
- श्रीराम श्रेष्ठ
१,
अस्तायो घाम
नछिप्पिँदैको रात
सपना अकास्सियो ।
२,
प्रेमको वास्ना
मन छुँदै उडेछ
बिर्सन नसकिने ।
३,
हरियो दुबो
पैतलाले कुल्चिँदा
आँखा नै तान्न खोज्ने ।
४,
खहरे खोला
खुट्टा नै डुबाएर
खोतल्दै बाटो खोज्ने ।
५,
आफै जलेर
उज्यालो छरिदिँदा
मनै सेतो खरानी ।
६,
मनको पीडा
बुझ्ने कोहि नहुँदा
आँसुको थुप्रो खस्दा ।
- रामकृष्ण अमर
१,
पुर्खाको चिनो
उम्मेको नुवाकोट
इतिहास बोकेर ।
२,
बिहानी लाली
घामको झुल्को छिर्दा
पग्लेको रातो डाँडो ।
३,
बन्द आवाज
चिस्सिएको वारुद
मनभित्रै विस्फोट ।
४,
मनको कालो
भेष बदल्दै जाँदा
आफै खसेको ताल्चा ।
५,
अनौठो मन
आफैभित्र रमेको
चुँडिँदा अलपत्र ।
६,
माटोको प्रेम
साँटेको बगाएछ
रोएको ढुकढुकी ।
- जुनको छाँयाबाट
- पुष्कर लोहनी/श्रीराम श्रेष्ठ/रामकृष्ण अमर
पुष्कर लोहनी
१,
मायालु कुवा
जाडोको तातो माया
गर्मीमा चिसो छाया ।
२,
गहिरो मन
जे जस्तो कोचे पनि
माया त रसिलो पो ।
३,
माटोको पाला
तेल खनाएकै हो
बल्दै बलेन बत्ती ।
४,
मुसो डुबेछ
पोखरी गनाउँदा
उफ्रेछ वाम माछा ।
५,
धकेली दिँदा
थकाउने पहाड
बजारियो खोंचैमा ।
६,
घचेडी दियौ
आँखामा आँखा च्याप्दै
जमाएको पानीमा ।
- श्रीराम श्रेष्ठ
१,
अस्तायो घाम
नछिप्पिँदैको रात
सपना अकास्सियो ।
२,
प्रेमको वास्ना
मन छुँदै उडेछ
बिर्सन नसकिने ।
३,
हरियो दुबो
पैतलाले कुल्चिँदा
आँखा नै तान्न खोज्ने ।
४,
खहरे खोला
खुट्टा नै डुबाएर
खोतल्दै बाटो खोज्ने ।
५,
आफै जलेर
उज्यालो छरिदिँदा
मनै सेतो खरानी ।
६,
मनको पीडा
बुझ्ने कोहि नहुँदा
आँसुको थुप्रो खस्दा ।
- रामकृष्ण अमर
१,
पुर्खाको चिनो
उम्मेको नुवाकोट
इतिहास बोकेर ।
२,
बिहानी लाली
घामको झुल्को छिर्दा
पग्लेको रातो डाँडो ।
३,
बन्द आवाज
चिस्सिएको वारुद
मनभित्रै विस्फोट ।
४,
मनको कालो
भेष बदल्दै जाँदा
आफै खसेको ताल्चा ।
५,
अनौठो मन
आफैभित्र रमेको
चुँडिँदा अलपत्र ।
६,
माटोको प्रेम
साँटेको बगाएछ
रोएको ढुकढुकी ।
- जुनको छाँयाबाट
Comments