Skip to main content

बेलकोटगढी-४ सालखार्कमा सडक विस्तारका लागि गरे काङ्ग्रेसका युवाहरुद्वारा जेसिबी र नगद हस्तान्तरण

बेलकोटगढी नगरपालिका -४ सालखर्ख र आसपासका क्षेत्र विकास र समृद्धिका लागि विकासप्रेमी र स्थानीय सोमबहादुर तामाङ द्वारा स्थानीय युवाहरुलाई जेसिवी र नगद हस्तान्तरण गरिएको छ।


समाजसेवी व्यवसायी एवम् नेपाली काङ्रेसका नेताद्वोय भुपेन्द्र बहादुर बानिया व्यापारी विकासप्रेमी सानुबाबु पन्त र पिपल चौतारी युवा क्लबका अध्यक्ष सोम बहादुर तामाङको आर्थिक सहयोगमा सडक विस्तार र स्तरोन्नतिका लागि जेसिवी उपलब्ध गराएको छ।

जेसिवी सञ्चालन तथा इन्धन खरिदका लागि बानियाँले रु.४०,०००/- पन्तले रु.३०,०००/- र तामाङले रु.३०,०००/- गरि जम्मा रु.१,००,०००/- सहयोग गरेका छन्।उक्त रकम स्थानीय युवाहरु र बुद्धिजीवीहरुको रोहवरमा 
१.नैनसिंह तामाङ 
२.इश्वर तामाङ 
३.जयबहादुर तामाङ 
४.चन्द्रमान तामाङ 
५.जेम्स तामाङ 
लाई हस्तान्तरण गरिएको छ।यसले स्थानीय स्तरमा हुने विकास निर्माणको कार्यलाई तिब्र बनाउन निकै सघाउ पुग्ने बिश्वास लिएको छ।

Comments

Jems tamang said…
धन्यवाद आदरणीय अग्रज तथा समाजसेवी दाजु सोम बा. तामाङ सानु बा. पन्त र बुपिन्द्र बानियाँ ज्यू प्रति । ।