स्थानिय तहको चुनाव नजिकिएसँगै बेलकोटगढी -४मा राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । दलका झन्डा र चुनाव चिह्न लिएर कार्यकर्तासहित उम्मेदवारहरु टोलमा भोट माग्न जान थालेका छन् । दलका र स्वतन्त्र सबै उम्मेदवार आफ्ना एजेन्डा र आश्वासन बोकेर घरदैलोमा पुग्न थालेका छन् । घरदैलोसँगै उनीहरुले सभा सम्मेलनमा समेत जोड दिएका छन् ।
उम्मेदवारहरुले सडक स्तरोउन्नति, खानेपानीको सुविधा, शिक्षा र स्वास्थ्य प्रभावकारी बनाउने, पालिका र वडाको सेवा प्रवाहलाई सहज बनाउन लगाएतका विषयहरु लिएर मतदाता आकर्षित गर्न थालेका छन् ।
विशेषगरी गठबन्धनमा आवद्ध दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, यस्तै नेकपा एमाले, राप्रपा र स्वतन्त्रका सबै उम्मेदवारले प्रचार-प्रसारलाई तिव्रता दिएका छन् ।
Comments