Skip to main content

Posts

तारकेश्वोर गाउँपालिकाद्वारा सैलुन सन्चालनार्थ सिपमुलक तालिम कार्यक्रम २०७७/७८ सञ्चालन हुने

तारकेश्वोर गाउँपालिकाद्वारा सैलुन सन्चालनार्थ सिपमुलक तालिम कार्यक्रम २०७७/७८ सञ्चालन हुने भएको छ।जसमा इच्छुक युवाहरुलाई  वडा कार्यालय वा तालिमका  संयोजक  ९८५११५२११९ सन्तोष सिग्देललाई समेत सम्पर्क गर्न सकिने आयोजक टिमले जनाएको छ।

सभापति देउवाद्वारा श्रीरामको सांस्कृतिक पुस्तक लोकार्पण

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तक लोकार्पण गरेका छन् । देउवाले नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित खोजमुलक संस्कृतिक ग्रन्थ ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ आइतबार विहान आफ्नै निजी निवास बुढानिलकण्ठमा लोकार्पण गरेका हुन् ।  २० वटा जातजातीको संस्कार र संस्कृतिको विषयमा लेखिएको खोजमुलक ग्रन्थबारे साहित्यकार पुष्कर लोहनीले टिप्पणीका साथै चर्चा गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले लेखक श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै नेपाल सांस्कृतिक हिसावले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको साँस्कृतिक पक्षको खोज-अनुसन्धान अझै गरिनुपर्नेमा जोड दिए । महतले भने, ‘यसकिसिमका अनुसन्धानले नेपालको साँस्कृतिक समृद्धिमा जोड पुग्नेछ । यस्ता खोज अनुसन्धानहरुलाई नेपाली काँग्रेसले पनि उच्च प्राथमिकतामा राखेको छ , यस किसिमका खोज-अनुसन्धान गर्नेलाई उचित मूल्यांकन समेत पार्टीले गर्नेमा विश्वस्त छु ।’ प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामाले विविधतापूर्ण समाजको विविध संस्कृतिलाई एकैठाउँमा उतार्नु भनेको चानचनुने कुरा नभ...

समीक्षा रामसुन्दर देउजाको ‘मन’ नियाल्दा -श्रीराम श्रेष्ठ

समीक्षा  रामसुन्दर देउजाको ‘मन’ नियाल्दा -श्रीराम श्रेष्ठ रामसुन्दर देउजा एक क्रियाशील कवि हुन्। गौरीगाउँ, काभ्रेपलाञ्चोक स्थायी घर भएका कवि देउजा साहित्यका साथै पत्रकारितामा पनि दिलचस्पी व्यक्तित्व हुन्। लामो समयदेखि शिक्षण पेसामा आबद्ध देउजा ओझेलमा परेका तर आशा लाग्दा सर्जक हुन्। उनी सामाजिक दायित्व बहन गरेबापत जनमत सहयात्री सम्मान, षड्भूजिविनायक सम्मान, उत्कृष्ट शिक्षण सम्मान, बूढानीलकण्ठ आश्रम प्रंशसा पत्र, सुसन्देश साहित्य सम्मान आदिबाट विभूषित भइसकेका छन्। जनमत साहित्यिक मासिक, जागृति युवा क्लब, काभ्रेली साहित्य समाज, ज्योतिष्मति समाजजस्ता सामाजिक संघसंस्थामा आबद्ध कवि देउजा ‘मन’ नामक मुक्तक सङ्ग्रह लिएर आएका छन्। योभन्दा पहिले उनको ‘भाँचिएको मन’ (कवितासङ्ग्रह २०७३) प्रकाशित भइसकेको छ। यिनका विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका एक सय एक थान मुक्तकहरू रहेको यस सङ्ग्रहलाई जनमत प्रकाशनबाट प्रकाशित गरिएको हो। कविताको उपविधाको रूपमा लिइन्छ मुक्तक विधालाई। जसरी नेपाली साहित्यमा हाइकु, ताङ्का, सिजो, चोका, गजल लेख्दा नियममा बाँधिएर लेख्नुपर्ने हुन्छ, त्यसै गरी मुक्तक लेखाइमा पनि त्यो ...

हाइकु - पुष्कर लोहनी

हाइकु - पुष्कर लोहनी  १. दागी चन्द्रमा चिस्सिएको जवानी सूर्यको आँखा ! २. पानी पोखिँदा गिलो भएको माया  फुत्केको हात ! ३. हरियो देख्दा निबुवा निचोरेको मुख बिग्रिँदा ! ४. चर्केछ आफै फूल फुल्ने गमला आँसुको थोपा ! ५. हिर्काइदिँदा आफै हल्लियो भित्ता मन च्यात्तिँदा ! ६. आँखै थचक्क झिम्म नगरिकनै आँखै लुकेछ !

हाइकु-श्रीराम श्रेष्ठ

हाइकु -श्रीराम श्रेष्ठ  १. अन्धविश्वास  पीडा सहेर बस्दा रमिते आँखा ! २. आँखा जुधेछ हेर्दाहेर्दै अघाएँ सर्प डसाई ! ३. हृदय छोयो बिन्तिपत्र हाल्दैमा बुझेछ मन ! ४. दलाली बनी  सधैं रमाइँदैन तोड घमण्ड ! ५. जुन रोएझैँ  अनुहार देखेको कालो पोतेछ ! ६.  माग्दैछु माफी  झुकेर तिमी सामु सम्झ्यौ पराई ।

दुप्चेश्वर महादेव मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन

नुवाकोटको प्रसिद्ध शक्तिपीठ दुप्चेश्वर महादेव मन्दिर परिसरमा आश्रमस्थल तथा प्रशासनिक भवन निर्माण सम्पन्न भएका छन् ।मन्दिर परिसरमा सङ्घीय सरकारको रु २० लाख, वाग्मती प्रदेश सरकारको रु ३५ लाख र दुप्चेश्वर गाउँपालिकाको तर्फबाट रु ४५ लाख लगानीमा त्यहाँ गुरुयोजना अनुसार ती भवन निर्माण भएका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले ती संरचनाको शनिबार उद्घाटन तथा थप नयाँ भवन शिलान्यास गर्दै थप संरचना निर्माणमा बजेट अभाव नहुने जानकारी दिए । धार्मिक पर्यटन भित्र्याउन हिन्दू र बौद्धमार्गीको आस्थाको शिरको रुपमा रहेको मन्दिरको संरचना सुधारमा तीन तहका सरकारबीच सहकार्य गरेर अघि बढ्नुर्पछ ।” उनले भने, “पशुपतीनाथ र गोसाइँकुण्डको दर्शनको साथमा दुप्चेश्वर महादेव मन्दिरको दर्शन अनिवार्य रहेको सन्देशलाई प्रचारमा जोड दिन लाग्नुपर्छ ।” गुरुयोजना अनुसार पुरातत्व विभागबाट स्वीकृत बजेट अनुसार निर्माण थालिएको संचरचनाको मन्त्री ढकालले शिलान्यास समेत गरेका थिए । कार्यक्रममा वाग्मती प्रदेशसभाका प्रमुख सचेतक केशवराज पाण्डेले गुरुयोजना अनुसार काम अघि बढाउन सुझाव दिए । भौगोलिक रुपमा विकट बस्ती भए...

करण तामाङ "सायर"काे नयाँ बुसाेकुसेकिकाहरु सार्वजनिक

साहित्यकार करण तामाङ घ्लान "सायर"ले केही नयाँ बुसाेकुसेकिका शनिबार  सार्वजनिक गर्नुभएको छ । बुसाेकुसेकिका जापानी साहित्यकाे लाेकप्रिय र महत्त्वपूर्ण विधा हाे । जापानी साहित्यकाे अध्ययन अनुसन्धान गर्दै जापानी साहित्य नेपाल भित्र्याउन सफल सायरले पछिल्लो समयमा हाइकु ,  तन्का , डाेडाेइट्सु , सेडाेका , फिजारल्डमा मुक्तक , नाटक , हाइबुन , साेमन्का लगायतका विधाहरुमा कलम चलाउदै अाउनु भएको छ । जसमध्ये बुसाेकुसेकिका यसप्रकार सार्वजनिक गर्नुभएको हाे । एक ) जलेकाे मन खरानीकाे चाङमा खेल्दै भुमरी  हुरीकाे खुसीहरु मुस्कान थप्दै अात्मा दर्पण   जिन्दगीकाे । दुई )  बन्छु बटुवा देख्नुछ घरीघरी  सच्चा पिरती डरका थुप्रोमुनि  हिम्मत दबेकाे हाे  सम्बन्ध र सम्बन्ध । तीन ) ठुली भएको  दाैडिदै शरीरमा  निर्दाेष दृश्य  अनुमती पाएकाे चुलबुलाए अाैँला काउकुती बेस्सरी । चार) सन्ध्याकाे रङ गाढा बन्दैछ जब चाेकचाेकमा कुरुप र सुन्दर  माेलताेल बेग्लै छ तल्लाघरे ठुलीरे । पाँच ) सुरुकाे दिन निकै गुलियो भयाे मिठाे मुस्कान  छरपस्ट पिरती घट्दै गएकाे प्यास हाे न...