Skip to main content

Posts

बागमती प्रदेशको सामाजिक विकास मन्त्री बने कुमारी मोक्तान

हेटौंडा – १६ वर्षको उमेरमा जनयुद्धमा होमिएकी नेकपा माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तान बागमती प्रदेशको सामाजिक विकास मन्त्री बनेकी छिन् । नेकपा माओवादी केन्द्रबाट मकवानपुर २(क) मा प्रदेशसभा सदस्य निर्वाचित मोक्तान यस अघि दुई पटक सांसद भइसकेकी छिन् । उनी १३ हजार ८९ मतको फराकिलो अन्तरले प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् । तत्कालिन नेकपा माओवादी शान्ति सम्झौता मार्फत संसदीय राजनीतिमा आएपछि २०६३ सालमा मोक्तान संसद सदस्य मनोनित भएकी थिईन् । उनी २०६४ सालमा मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भइन् । हाल नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रहेकी मोक्तान नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको उपनेता पनि हुन् । मोक्तान २०५६ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्ष हुँदा हेटौंडाको बुद्ध चोकबाट पक्राउ परेकी थिइन् । एक वर्ष जेल जीवन बिताएकी उनी २०५८ सालमा तत्कालिन नेकपा माओवादीको जिल्ला जनसरकार प्रमुख, २०५९ सालमा जिल्ला सेक्रेटरी भएकी थिइन् । मोक्तान २०६४ सालमा मकवानपुर इन्चार्ज भएकी थिइन् । तत्कालिन नेकपा माओवादीले २०५२ स...

उत्तरीनाका रसुवागढीबाट २२ वटा विद्युतीय माइक्रोबस बुधबार भित्रिए

नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन् । सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ वटा माइक्रोबस बुधबार साँझसम्म नेपाल भित्रिएका हुन् । माइक्रोबसको सिट क्षमता १२ रहेको छ । चीनबाट दिन प्रतिदिन सवारी साधन आयात भइरहेका र दसैँलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए । दसैँअगावै १०० विद्युतीय कार आयात भएका थिए भने पछिल्लो समय माइक्रोबस आयात हुने क्रम बढेको भन्सार कार्यालय टिमुरेले जनाएको छ । सहरी क्षेत्र केन्द्रित गरी आयात गरिएका माइक्रोबसका पाङ्ग्रा होचा भएका कारण कच्ची सडकमा गुडाइ काठमाडौँ लान निकै चुनौती रहेको सवारी चालकले प्रतिक्रिया दिएका छन् । रसुवागढीदेखि गल्छीसम्मका अधिकांश सडकमा बढी खाल्डाखुल्डी भएकाले साना र होचा सवारी साधन सहजरूपले लैजान बढी असहज हुने गरेको बताइन्छ । दसैँ अगाडि आयात भएका सानाखाले केही सवारी साधन भने मालधनी एवं उसका प्रतिनिधि नपुग्दा भन्सार हातामा थन्किएका छन् । विद्युतीय सवारी साधनको आयातले प्रदूषणको न्यूनीकरण एव...

लक्ष्मीप्रसाद देवकोटा साहित्य प्रतिष्ठान, नुवाकोटद्वारा साहित्यकार सुमि सम्मान हुँदै।

नुवाकोट। २०७८ सालको लक्ष्मीप्रसाद देवकोटा साहित्य प्रतिष्ठान, नुवाकोट सम्मान साहित्यकार सुमित्रा सुमि र नवदिप अजनवीलाई प्रदान गरिने भएको छ ।प्रतिष्ठानको बैठकले हरेक वर्ष प्रदान गरिँदै आएको सम्मान यसवर्ष सुमी र अजनविलाई प्रदान गर्ने निर्णय गरेको हो । बैठकले देवकोटा जयन्तीको अवसरमा यही कार्तिक १७ गते विद्यालयस्तरीय कविता प्रतियोगिता गर्ने निर्णय समेत गरेको छ । बेलकोटगढी ५ खडगछापमा हुने प्रतियोगितामा प्रथम हुनेलाई २ हजार ५ सय, द्वितिय हुनेलाई २ हजार र तृतिय हुनेलाई १ हजार ५ सय प्रदान गरिने तथा प्रोत्साहन स्वरुप एक हजार दिइने प्रतिष्ठानका सचिव नारायण नेपालले जानकारी दिएका छन् ।

हाइकु - पुष्कर लोहनी

हाइकु - पुष्कर लोहनी  १, जिस्कने जून कोट्याउँदै भागेछ बादलै च्यातेर । २, गहिरो खोला झिँङे माछो उफ्रिँदा झरेको पात । ३, कुवाको पानी  भरिएको सपना  मन चुहिँदा । ४, सम्झिँदा झर्छ चाउउरिएको बैँस गलेको खुट्टा । ५, कुरुप मन भित्रै छिर्न खोजेको कोतर्ने बानी । ६, हिलोको थुप्रो छिर्न खोजेथ्यो माछो ठोकिँदा चिप्लो । ७, मीठो आवाज पग्लिएको सम्झना झरेको छाया । ८, फूल फुल्नु हो आँखा नै लोभी हुँदा  दोषी कुन्नि को । 9, सिद्धपोखरी  ढलभित्र पसेछ तर्सेको माछो ।

तन्का श्रीराम श्रेष्ठ १, मनको पीडा…✍️

तन्का श्रीराम श्रेष्ठ  १, मनको पीडा पोख् ने  ठाउँ   पाइनँ जलेको जल्यै भुसको आगोसरी । २, खहरे खोला बगेको बग्यै भयो सधैभरिको दुःखी सधैंभरिको पीडा । ३, सम्झिने बानी  लामो समय कुर्दा तितो सम्झना  कसरी बिर्सने हो दाग लागेको रात । ४, निष्ठुरी  मन सहनै नसकिने खुट्टा तन्काई खाल्टो खोज्दै हिँडेको पापै पापको मन । ५, सुनगाभाझैँ मगमग बासना जवान तिमी कति टाढा हुने हो वरिपरि  भए त । ६, सम्झिने बानी लामो समय कुर्दा तितो सम्झना कसरी बिर्सने हो दाग लागेको रात

हाइकु - पुष्कर लोहनी…✍️

हाइकु - पुष्कर लोहनी  १, चाख्न खोजेको हल्लाउँदाको चोट मस्केको रुख । २, झार्नु झारेछ पछि पो थाहा पाएँ भुइँभरि नै । ३, चङ्गा उडाएँ अकासिँदै लैजाँदा धागो काटियो । ४, बाटो लम्बिँदा कोपरिएको छाया लुतो सरेछ । ५, स्याल करायो निबुवा झार्न खोज्दा बाख्री थचक्कै  । ६, खोल च्यात्तिँदा तन्किएको सिरक चिसाम्मे रात । ७, धारिलो चुप्पी बज्रिएर सुन्निँदा आगोको डाम ।

गजल-अम्बु बिहानी,केही छैन यहाँ मसँग

गजल केही  छैन यहाँ मसँग भने धेरै चोटी । फिक्का छ योवनको रङ्ग भने धेरै चोटी । साझ बिहान पटक - पटक  उ धाउँदा  , गरिदेउ यो मोह भङ्ग  भने धेरै चोटी । कहिले नसुन्ने केही कुरा बानी अनौठो , शुरु नगर नयाँ  जङ्ग  भने  धेरै  चोटी । मेरा लागि त्याग्ने भयो समाजलाई नि , फेरी देउ यो सोच्ने ढङ्ग  भने धेरै  चोटी । समिप आउँदा डरले मेरो मुटु  काप्छ , नछोईदेउ मेरो अङ्ग  भने धेरै  चोटी । अम्बु बिहानी…✍️