Skip to main content

Posts

"Working Together To Prevent Suicide" "Say To No suicide ,say to no suicide "

Recent posts

सिजो -श्रीराम श्रेष्ठ , बाध्यता भएपछि…

सिजो -श्रीराम श्रेष्ठ  १, बाध्यता भएपछि मौनताले लघारेको नियति समयको पार्नुपर्छ खाल्डोभित्र अँध्यारो बज्रिएपछि कालो भुँइ तर्सेछ । २, सम्झिन्छु हृदयमा गुम्सिएका इच्छाहरु जमेको पोखरीमा थुप्रिएको गन्धहरु रासले जबरजस्ती थिचेपछि झस्केछ । ३, आउँछ आँधिबेरी नदेखिने बहानामा मनका रहरमा नजिकिँदा लिसोसरि स्वार्थले लत्याएपछि मर्किएको भरोसा । ४, कमाएको समयमा स्वार्थपूर्ति गरिएन भएर एकलब्य बन्दै गर्दा सोझो बाटो  ढुकेर बलमिचाइ थेग्रिएछु पिँधमा । ५, शङ्कालु सानो मन कुरा धेरै बाटो छेक्ने सोचाइ आफै जल्छ सल्किएर तातेपछि पीडाले झाङ्गिएपछि समालिन नसक्ने । ६, आँखाले तान्दाव तान्दै घिसारेर फालिएको एक्लैले भेटेसम्म वामे सर्दै किनारामा ब्रह्माण्ड परिवर्तन आधिवेरी पछार्दै ।

२७ औं तामाङ चलचित्र प्रदर्शन दिवस सम्पन्न

काठमाडौं।२७ औं  तामाङ चलचित्र दिवस भब्यताका साथ बिहिवार सम्पन्न भएको छ।उक्त कार्यक्रमको बिच विभिन्न सास्कृतिक कार्यक्रमका साथ चलचित्रकर्मी र पत्रकारलाई सम्मान गरेका थिए।चाबहिलको चलचित्र बिकास बोर्डको हलमा भएको सोहि कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री  कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो। पहिलो तामाङ चलचित्र सेमरी छोरङानका कलाकार तथा चर्चित्र गायक रोज मोक्तानलाई स्वर्गीय जयनन्दश्री अवार्डबाट सम्मान गरिएको थियो।चलचित्र क्षेत्रमा विभिन्न बिद्या अन्तर्गत योगदान दिने चलचित्रकर्मी र संचारकर्मीलाई सम्मान गरेका थिए। जसमा चार दर्जन कथा लेखक तथा नायक रितुराज पाख्रीन, निर्माता भगवती मोक्तान, गितकार कुमार स्याङबा, संगितकार जोकलाल लामा, गायिका जितु लोप्चान, नायक टुल्साङ मोक्तान, नायिका निशा तामाङ घ्लान, चरित्र अभिनेत्री माया मोक्तान, चरित्र अभिनेता राजकुमार तामाङ, निर्देशक अजय स्याङतान, नृत्य निर्देशक सुनिल मोक्तान, छायाङकार बिक्रम मोक्तान, शृङ्गार बिना तामाङ, द्वन्द निर्देशक राजु किरात, सम्पादक दिपक लामा र पत्रकार तर्फ जगतमान बललाई सम्मान गरेका थिए ।   कार्यक्रममा नायिका चाँदनी

सडक रकम अभावले निर्माण सुरु हुन नसकेको भन्दै मेयर लामा डिपिआर बोकेर मन्त्रालय

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिकाका मेयर जगत लामा ३७ किलोमिटर सडकको डिपिआर बोकेर शहरी विकास मन्त्रालय पुग्नुभएको छ । बाघखोरबाट गल्छी त्रिशूली केरुङ मार्ग जोड्ने ३७ किलोमिटर कोल्पुटार डबली दियाले बाघखोर सडक रकम अभावले निर्माण सुरु हुन नसकेको भन्दै मेयर लामा डिपिआर बोकेर मन्त्रालय पुग्नुभएको हो । मन्त्री मेटमणी चौधरीसँग भेटेर मेयर लामाले सो सडक योजनामा समावेश गरी नगरपालिकाको केन्द्रलाई मुल सडकसम्म जोड्ने मार्ग निर्माणमा सहयोग गर्न माग गर्नुभएको छ । भेटमा मन्त्री चौधरीले डिपिआरअनुसारको सडक निर्माणको सो योजना कार्यान्वयन गर्नका बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ। २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन्। राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन्। ६ मिनेटको गीतको अडियो ओसन म्यूजिक नेपालको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ। ‘सञ्चो छ कि रोदन’मा स्वर दिएकी मनमा बी खोटाङकै उदीयमान गायिका हुन्। १० बर्से शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७,दोर्पा,चिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन्। गीतकार राई बालकथा,लघुकथा, हाइकु, मुक्तक, गजल, कविता जस्ता विविध विधामा उत्तिकै कलम चलाउँछन्। उनका बालकथासंग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन्। संयुक्त लघुकथासंग्रह ‘आजका लघुकथा’ २०७४ मा पाँचवटा र ‘संयोग’ २०७९ मा उनका तीनवटा लघुकथा समावेश छन् भने उनको लघुकथासंग्रह प्रकाशनको तयारीमा छ। रावासावा प्राज्ञिक समाज नेपालका सदस्य राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुन्।

कविता - गन्तब्य श्रीराम श्रेष्ठ , दृश्य /परिदृश्य

कविता  गन्तब्य  श्रीराम श्रेष्ठ  दृश्य /परिदृश्य जीबनको गोरेटोमा टहटह जून चम्केको जुनेली रात एक तरह बजेको आवाज  यताउता सबैतिर झरनाहरु सुसाइरहेका छन्  गुन्जायमान छन् नदि नालाहरु चम्किरहेका छन् आकाशमा ताराहरु यी गाउँ /बस्तिहरुमा सन्नाटा र मौनता  बस्ती पारी जङ्गलमा  सुनिन्छ रुखहरु सुसाएको यो दुःखान्त यात्रामा  एकैछिनको विश्राममा चिसो पवन चल्दा मनै प्रफुल्ल भइदिन्छ एकैछिन दुःखी मनलाई बिसाउदा एकोहोरो टोलाउन पुगेछु अाँखा वरिपरि  किरमिरे धर्साहरु नियाल्दा नियाल्दै अनायास यो मन आकुल व्याकुल  मडारिएको बादल  अनि आँधिबेरी जस्तै बाफिएका मनका भावना  जर्जर र आक्रान्त  उन्मक्त भइदिन्छ पीडा र वेदनाले छ्टपटीएकाे मन एक्कासी बिष्फोटन हुन खोज्छ अफसोच मन आफै स्वतन्त्र भई पुनः मन तरल भैदिन्छ भावनामा लागेका चोटहरु मननमश्तिश्कमा कुरा खेल्दा अनायास बज्रपात हुने गरी छिचोलिदिन्छ ज्वालामुखी बिस्फोटन भए जस्तो क्षतबिच्छेत हुने गरी  अनि कताकता अलमलिएको यात्री झै मान्छे मान्छेको भीडमा दोबाटोमा /चौबाटाेमा अनि बिरानो ससारमा म आफैलाई बिर्सन्छु भौतारिदै हिड्छु कहिले पुर्व  कहिले पश्चिम  कहिले उत्तर कहिले दक्षिण  बाटो पहि

मण्डो कविता,श्रीराम श्रेष्ठ

मण्डो कविता  श्रीराम श्रेष्ठ  केटा ... रम्न खोजेको सुनौलो भविष्यमा  समय कहाँ छ र ? केटी ... दु:ख बिर्सेर सुखको अनुभूति  परिस्थिति अँगाल्दै । केटा .. घडी जीवन  हेरेको कालचक्र के मृत्यु जितिन्छ र ? केटी .. आफ्नै रफ्तार फुलेको फूल रुपी मान्छेको कथाव्यथा । केटा .. आगो बनेर युद्ध मैदानमा उत्रे आफै जल्ने हो कि ? केटी ... मनमा शान्ति  हुँदैन रिसराग भइदिए निर्धक्क । केटा ... आत्तिदो मन बाँचेको नैतिकता  कसरी जोगाउने ? केटी ... गम्भीर हुँदै  कर्ममा होमिएको  चुलिएछ इज्जत !