Skip to main content

Posts

दिव्य गिरिको कविता#जनता

 कविताः जनता – दिव्य गिरी  तीन अक्षरको यौटा शब्द छ – जनता  राजनीतिमा अत्यधिक प्रयोग हुने शब्द – जनता  संसारभरका शासकहरूलाई शासन गर्न नभई नहुने – जनता  हो, जनताले नै बनाउँछ  शासकलाई वास्तबिक शासक ! तर तेही जनता सृष्टिकालदेखि नै युद्ध र लँडाइको नाममा मारिन्छ क्रान्तिको नाममा काटिन्छ निरीह र निरपराध हुँदाहुँदै पनि आत्मघाती हमलामा पारिन्छ । यस प्रकार जनता    अन्याय र असुरक्षाको गुफामा सँधै निसासिन्छ अशान्तिको भूमरिमा दिनदिनै अतालिन्छ । बिचरा जनता ! आफैमाथि शासन गराउन आफैमाथि शासन गर्ने  शासक चुन्नको निम्ति घन्टौँसम्म लाइनमा उभिन्छ  र मनमनै कामना गर्छ –  यो पटक जित्ने नेताले गाउँमा स्कूल, बाटो   र खोलामा पूल हालिदिन्छ  गाउँमा अस्पताल र पिउने पानीको धारा ल्याइदिन्छ । कति सोझो र निष्कलङ्क छ जनता  सँधै सपना पालेर राख्छ आँखामा  सँधै सपना गोडेर बस्छ मनमा । हो, आज त्यही जनाता  सँधै अभाव र महँगीको भारले थिचिएकै छ सँधै भ्रष्टाचारको आकाशले किचिएकै छ  सँधै न्यायको निम्ति तड्पिएकै छ  सँधै शान्तिका निम्ति कहाल...

तन्का कविता - पुष्कर लोहनी

 तन्का कविता  - पुष्कर लोहनी  १ , रुख चषेथेँ नअघाने स्वाद  समाल्नै गाह्रो  जसरी पनि टिपेँ जसरी पनि चाटेँ । २, आँटिलो आँखा फुटिहाल्यो भने त बगिहाल्छ नि फुत्त चिप्लियो भने खोज्न जाने कसरी । ३, कति जिस्किने एक्लो रात एक्लिँदा आँखामा छाया  च्याप्पिएको तकिया खोल निस्किने बानी  । ४, दौडिन खोज्दा साँझले अल्झाएछ रातै अल्झाएछ रातै थचक्क खोज्दै खोज्दै हेरेको औँलो चुसेको चुस्यौ । ५, बादल झस्क्यो अन्धकारभित्र खस्दा पानीको थोपा आफ्नै छाया भिजेको सुकाउँदा लत्रेको । ६, झरेछ आँखा चाटेछ कमिलाले जिब्रो निस्किँदा बिर्सन खोज्दा पनि उत्रेछ सापटी माया ।

सेडोका कविता - श्रीराम श्रेष्ठ

 सेडोका कविता  - श्रीराम श्रेष्ठ  १, दु:खेको बेला आफन्त नै पराइ बाँधेर मन कस्दै । हाँसेको रुप सबैसँग जोडिन्छ कसिएको मित्रता । २, लुट्नु लुटेको लाज पोको पारेर भागेछ मुख छोप्दै । वैँशको बेला गति छाडा बनेर  मौका छोप्ने दाउमा । ३, वैशको गन्ध मात्तिएको मनले थामिएन हिर्काइ । चढ्दो उमेर उत्ताउलो बनेर खेलेको नाङ्गो नाँच । ४, पानीको वर्षा  बिनाछाता दौडँदा भिजेर लत्रिएको । थामिन गाह्रो दगुर्दै अडिँदामा पाइनाले भिजेको । ५, दिलको कुरा बुझ्ने कोही भएन दोबाटोमा अल्पिएँ । जोडेको प्रेम मन खोल्दै गफिँदा टाँसिएको चुम्बक । ६, निद्राले लठ्ठ बिछ्यानमा पल्टिँदा सपना बन्यो जोडी । चिम्लेको आँखा  कुरा खेल्दा मनमा छट्पटियो निद्रा ।

हाइकु - पुष्कर लोहनी

 हाइकु - पुष्कर लोहनी  १, नीमको पात भँगेराले थुकिदिँदा बाटै अँध्यारो । २, जमेको दही  कचाैरामा भरिँदा पोखिन खोज्ने । ३, जुधेको हावा फूल ओइलाएछ पानी खोजेको । ४, झस्किने रात एक्लिदो मध्यरात घन्टा ठोक्किन्छ । ५, सुकेको काँडा टुप्पो नै छिरिहाल्छ टुक्रा भाँचिओदा । ६, इन्द्रेणी पर्दा खिलेको सेतो मन झरेको पात । ७, डढेँलो लाग्दा पोतेको कालो ढुङ्गा  आफै तर्सिने ।

Tanka Poem - Shreeram Stha

 Tanka Poem - Shreeram Stha 1. Sindhure fair Crowd of people  Hard to cross Steamed out of heat Suffocating long breath. 2. When the sky uncovered  Mature also laughed Time cycle Stron time Can't be stopped by stopping . 3 Tribeni dham Doing virtuous act Recalled sin giving title of religion  Chanted RamRam. 4. chewed unripe Raddish of ranipauwa Pungent taste  Caused belches. 5. Wooden bridge Broke up while walking walking Prosperity laughed Move forward by standing  Taking risk oneself . 6. The hole of wall staring at it formed an imagine  Mind drew an image Variation while looking . 7. Rani rest stop Sitting for covering coolness Shadow of summer  Soaked by sweat Feeling of coldness . 8. In the day of dashain Endeavour of sacrificing goat Blunt knife Killing the animal  You made God happy . 9. In a slippery road Teying to step forward  Awful situation  Gift of rain You digested very well. -Trand.by saroj bogati

प्रत्येक वर्षमा झै यसपटक पनि झिल्टुङ क्रस कन्ट्री दौड प्रतियोगिता हुने

 काठमाडौं । झिल्टुङ्ग क्रसकन्ट्री दौडको पाँचौ संस्करण माघको दोस्रो साता आयोजना हुने भएको छ । नुवाकोटको वेलकोटगढी वडा नम्बर ५ को आयोजना तथा काठमाडौं एथलेटिक्स संघको प्राविधिक सहयोगमा सञ्चालन हुने दौड माघ १० गते सञ्चालन हुन लागेको हो ।दौड नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारबाट सुरु भएर बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै पुन कोल्पुटारमा आएर समापन हुने रुट रहेको छ ।   प्रतियोगिताको पुरुष तथा महिला विजेतालाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई समान ५ हजार रुपैयाँ प्रदान गरिनेछ । स्थानीय बेलकोटगढी नगरपालिका भित्रका पुरुष धावकबाट प्रथम, दोस्रो र तृतीय हुनेलाई समेत पुरस्कारको ब्यवस्था गरिएको छ । यस्तै, १३ दशमलव ४ किलोमिटर दुरीमा विगतको पुरुष रेकर्ड ५४ मिनेट ८ दशमलव ३ सेकेन्ड र महिलातर्फ पुष्पा भण्डारीको १ घण्टा ०६ मिनेट ४३ सकेण्डको रेकर्ड तोड्ने प्रतियोगीलाई थप ५ हजार रुपैयाँ दिईने आयोजकले जनाएको छ । दौडमा १३ दशमलव ४ किलोमिटर कच्ची बाटो हुने आयोजकले बताएको छ । जसमा ४ दशमलव ५ किलोमिटर उकालो, २ किलोमिटर समथर र बाँकी बाटो ओरालो हुनेछ । गत वर्ष जस्तै छात...

अर्यान मोक को पहिलो म्युजिक भिडियो सर्बजनिक

 अर्यान मोक को पहिलो म्युजिक भिडियो सर्बजनिक ✅👉️✅ इराकमा म्युजिक भिडियो सहिद नेपाली लाई सन्देश २०६१/५/१४ इराकमा मारियको १२ नेपालीको गटन भएको ठाँउमै यति मिठो म्युजिक भिडियो संसार कै खतरा नाक ठाउ भनेर चिनिने ठाउमा  यक्दमै उत्कृष्ट मिठो गित सुटिङ गरेको भिडियो सर्बजनिक इराकको विभिन्न ठाँउ समेटिएको छ यस भिडियो लाई सेयर गरेर हरेक नेपाली सामु पुराइ दिन इराकमा रहेको नेपाली कलाकार मन मुटु हरुको सन्देश कलाकार टिम  👍️✅👉️ स्वर = प्रताप दास /सिला राई  संगीत = अनिल शाहि  सब्द= बिनिता क्षेत्री  अभियन = अर्यान मोक )) सिम्रन तामाङ को रहेको छ  निर्देशक = भेष गुरुङ  यश भिडियो इराकको कुर्दिस्तान सुलेमानी र अन्य ठाउमा छाँयाकन भएको छ बिकत लामो समय देखि इराक सुलेमानी भन्नी ठाउमा केही अफ्नो व्यावसाय गर्दै आएको आर्यन मोक अब म्युजिक भिडियो मा देख्न पाउदा नेपाली दाजुभाइ दिदिबहिनी तथा आमा बुबा हरु निकै खुसी को साथ यक सन्देश हामी सबै नेपाली लाई १८ बर्ष अगाडि नेपालीको ज्यान गुमेको ठाउमा नेपालीको सस्कृती पनि गुमेको यक इतिहास छाहेको कलाकार मन मुटु हरु पनि बनाइ छ यश भिडियो पुस...