Skip to main content

Posts

कान्छी माया तामाङ फाउन्डेसनले गर्‍यो दोलखामा राहत वितरण

बिश्वब्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड -१९ को दोस्रो लहरसङ्गै कान्छी माया तामाङ फाउन्डेसनले देशका विभिन्न भुभागमा रहेका गाउँ ठाउँमा पुगेर विभिन्न किसिमका राहत वितरण गरिदै छन्।विभिन्न संघ सस्थाको सहयोगमा फाउन्डेसनले राहत वितरण गरिदै आएको फाउन्डेसनका अध्यक्ष डाक्टर दिलबहादुर थोकर,तामाङले बताउनु भयो।डाक्टर तामाङका अनुसार देशका जुनसुकै ठाउँमा फाउन्डेसन विभिन्न किसिमका राहतका सामाग्री लिएर पुग्ने प्रयास गरिरहेको छ। अहिले दिन दुखि र गरिबी ज्यालादारी मजदुरले आफ्नो दिनचर्या ज्याला मजदुरी गरेर चुलो चौका बाल्न समस्यामा परेकालाई विशेष प्याकेजका साथमा उनीहरुको घर दैलोमा तिब्र रूपमा पुग्ने जमर्को समेत गरेका उहाँको भनाई छ।आफ्नो संस्थाबाट कोरोना सङ्क्रमितहरुका लागि बेला बेलामा स्वास्थ्य विशेष ज्ञान मूलक जानकारी सामाजिक सञ्जालमा दिने गरेको डाक्टरले बताउनु भयो। त्यसैगरी,दोलखाका आर्थिक कमजोरी र शारीरिक अशक्त रहेका पाँच घर परिवारहरुलाई साथै धुलिखेल बासघारीमा कोठा भाडामा बस्नेहरुका लागि खाद्यान्न सामग्री वितरण गरिएको उहाले बताउनु भयो।यसैगरी सामाजिक कार्य सहयोग कार्यक्रमहरुका साथमा फाउन्डेसन  न...

अन्तरास्ट्रिय मानवता समूहले देशव्यापी रूपमा राहत वितरण गर्दै

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ को कृष्ण सामुदायिक बनको पुर्वपट्टि रहेको बनहरा नदिको छेउमा बस्दै आएका सुकुम्बासीहरु लाई राहत वितरण गरिएको छ । मंगलबार शुक्लाफाटा नगरपालिका का वडा नम्बर ११ का वडा अध्यक्ष दिल बहादुर बुढा,शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ कै वडा सदस्य जय बहादुर बिष्ट,राष्ट्रिय भुमिअधिकार मंच सुदुरपश्चिम प्रदेशका सचिब रामबहादुर चुनारा लगायतको उपस्थितिमा राहत सामाग्री बितरण गरिएको हो । बैशाख १६ गते देखी कोरोनाको कारण अधिराज्य भर लागू भएको लकडाउन र निशेधाज्ञा को कारण मारमा परेका गरिब,बिपन्न,पिछडिएका बर्ग,मजदुर,सुकुम्बासी,आरक्ष पिडित लगायत सामान्य जनजीवन निर्वाह गरिरहेका नागरिक यस्को प्रत्यक्ष मारमा परेका छन । दोस्रो चरण को कोरोना महामारी को संक्रमणको न्यूनीकरण का लागि राज्यले गरेको लकडाउन र निधेधाज्ञा को कारण भोकमरी को मारमा परेका बिपन्न बर्गका परिवार लाई जिबिकोपार्जन गर्न सहज पुगोस भन्ने उद्देश्यका साथ राहत सामाग्री प्रदान गरिएको सुदुरपश्चिम प्रदेश सामाजिक अभियन्ता राजेन्द्र ताम्राकारले बताए । राहत सामाग्री अन्तर्राष्ट्रिय मानवता समुह का केन्द्रिय सयोजक, ओएस नेपालका निर्द...

नुवाकोटको बेलकोटगढीमा भेटिए जग खन्दा पुरात्विक संरचना

बेलकोटगढी।नुवाकोटको बेलकोटगढीस्थित कोटथुम्का संरक्षणको लागि पुरातत्व विभागले चासो देखाएको छ । बेलकोटगढी नगरपालिका ५को कोटथुम्कामा जमिनमुनी गाडिएका ऐतिहासिक र पुराना सामग्री भेटिएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् प्राप्त रकमले कोटथुम्कामा निर्माणको संरचना अघि बढाउने क्रममा जग खन्दा ऐतिहासिक पुराना सामाग्रीहरु भेटिएका थिए । लगत्तै निर्माण समिति र वडाको आग्रहबमोजिम पुरातत्व विभागले तत्कालै काम रोक्न निर्देशन दिएको छ ।विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले ऐतिहासिक तथा पुरातात्विक स्थलहरुमा कुनैपनि निर्माण कार्य गर्दा विभागको अनिवार्य सहमति आवश्यक पर्ने र कोटथुम्कामा ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माणको क्रममा जग खन्दा पुरातात्विक वस्तुहरु भेटिएकाले काम रोक्न भनिएको बताउनुभयो । कोटथुम्काको स्थलगत अध्ययन तथा अनुसन्धान गर्नुपर्ने भएकाले तत्कालै काम रोक्न विभागीय निर्णय भएको हो ।निर्माण कार्य रोक्न विभागले बेलकोटगढी नगरपालिका ५ को वडा कार्यालयलाई पत्र पठाइसकेको छ । ‘झिल्टुङ सम्पदा बस्ती’ निर्माण क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत बेलकोटगढी नगरपालिका वडा नं. ५ साविक दुईपिपल गा...

सुरु गरे राहत वितरण गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले

काठमाडौं ।   राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आफू बच्ने र अरुलाई पनि बचाउने अभियान सुरु गरेको छ । उक्त अभियान सुरु गर्दै प्रतिष्ठानले आज पहिलो चरणमा प्रतिष्ठानसँग आवद्ध कलाकारहरुलाई निःशुल्क खाद्यान्न सामग्री सहयोग वितरण गरेको जनाएको छ। प्रतिष्ठान केन्द्र र दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिको संयुक्त आयोजनामा प्रतिष्ठानसँग आवद्ध तथा पीडित कलाकारहरुलाई आजबाट चरणबद्ध रुपमा खाद्यान्न सामग्री सहयोग वितरण सुरु गरेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले जानकारी दिए । यस अभियानको पहिलो चरणमा वितरण गरिएको सम्पूर्ण सामग्री प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पृथ्वी थकालीको विशेष पहलमा उपलब्ध भएको अध्यक्ष बिजीले जानकारी दिए । कोरोना भाइरस दोस्रो लहर भेरियन्टका कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञाका कारण आफ्नो रोजगारी गुमाएर एक छाक खान समस्या परेका कलाकारहरुलाई प्रतिष्ठानको तर्फबाट केही भएपनि राहत मिलोस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेको उनले बताए । पहिलो चरण कोरोनाको महामारीमा पनि यस्तै निषेधाज्ञा लागू भएपछि हजारौँ कलाकारहरु मर्कामा परेका थिए । रात्रिकालीन ...

असार १ गतेबाट कक्षा सञ्चालन गर्न मन्त्री श्रेष्ठले गरे आग्रह

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।  मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई आइतबार निर्देशन दिएका हुन् । उनले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह गरे । ‘असार १ गतेबाट भर्ना प्रकृया सुरु गर्नेछौं, त्यसको निम्ति सबै कार्यक्रम कार्यान्वयन गर्नुस्,’ मन्त्री श्रेष्ठले भने ।  कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने भनाइ व्यक्त गरे ।  छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा.तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्याक्रम कार्यान्वयन गर्न तत्काल कार्यँविधि निर्माण गर्ने बताए । आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुननिर्माण हुने बताउँदै थपलियाले त्यसको लागि योजना निर्माण भैरहेको जानकारी गराए । उनकाअनुसार विद्यार्थीलाई ल्य...

नुवाकोटका युवा बाबुरामद्वारा काठमाडौमा राहत वितरण

बेलकोटगढी । कोरियामा बस्दै आएका राम तामाङले बेलकोटगढी नगरपालिका वडा नम्बर ९ का नागरिकहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन्। समाजसेवी बाबुराम तामाङको पहलमा वडा नम्बर ९ का स्थानियहरुलाई १५ सय थान मास्क र ३० लिटर सेनिटाइजर बितरण गरिएको हो । यस्तै काठमाडौमा बस्दै आएका तथा खाना खान समस्या भएकाहरुलाइ पनि खाद्यान्न सामाग्री सहयोग गरिएको तामाङले बताए । देशमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको निषेधाज्ञाको समयमा समस्यामा परेका नागरिकहरुलाइ आगामि दिनमा पनि बाबुराम तामाङको पहलमा सहयोग गर्ने तामाङले प्रतिबद्दता जनाएका छन् ।

अठोट -दक्षिण दाहिना भएपछि दक्षिणा पाएको …

अठोट                       - समीकरण दक्षिण दाहिना भएपछि दक्षिणा पाएको हुँ मैले 'एक थान उपप्रधानमन्त्रि' सजिलो त कहाँ छ र ! मलाई पनि प्रभुको आदेश मान्नुपर्छ जे गर् भन्यो त्यो गर्नुपर्छ स्वविवेक नै बन्धक राखेर केवल छाप लगाउनुछ मैले रबरस्ट्याम्प बनेर । खोल्नुछ नागरिकता पसल बेच्नुछ नागरिकता अनि किन्नुछ आजीवन सांसद पद पारीको जनसागर वारी भित्र्याएपछि आज 'उप' छु मित्र भोली 'पिएम' बन्नेछु महेन्द्र चौधरीजस्तै ! काट्ने हो चुरे बेच्ने हो माटो बालुवा बेच्ने, ढुङ्गा बेच्ने जमिन बेच्ने, नदी बेच्ने हिमाल बेच्ने, बुद्ध बेच्ने जे जे छ , त्यहि बेच्ने बेच्न मिल्ने पनि बेच्ने बेच्न नमिल्ने पनि बेच्ने आखिर बनाउनुछ फिजी बन्नुछ महेन्द्र चौधरी ! फ्याँक्ने नै हो संविधान जलाउने नै हो हिँजो सडकमा बसेर जलाएँ अब सरकारमा बसेर जलाउँछु हिँजो संविधानको फोटोकपी जलाएँ अब संविधानको मूलकपी जलाउँछु सुशिल दा' जस्तो होइन, केपी 'बा' हाम्रो त सपना मिल्छ विचार मिल्छ, दृष्टिकोण मिल्छ स्वार्थ मिल्छ, 'केमेष्ट्री' मिल्छ  मलाई तिर्नुछ पूर्खाको रिन मलाई तिर्नुछ पारीको गुन मला...