Skip to main content

Posts

हाइकु -श्रीराम श्रेष्ठ ,नि:स्वार्थ माया

हाइकु श्रीराम श्रेष्ठ  १, नि:स्वार्थ माया साँचेर राख्दा पनि  गुम्यो विश्वास ! २, आफ्नो सम्झेर सर्वश्व सुम्पिदिएँ पाइयो धोका ! ३, सबैको प्रेम अन्धविश्वासभित्र जोडिन गाह्रो ! ४, इष् र्यालु मन घृणाले हेरिदिँदा एक्लिँदै आफू ! ५, ख्यालठट्टामा नाता तोड्यौ तिमीले मुटुमा किला ! ६, टाढाको साथी  सम्झनाले जिस्कायो भुल्न कठिन !

Sijo/सिजो-Shreeram Shrestha/श्रीराम श्रेष्ठ

  सिजो - श्रीराम श्रेष्ठ  १, साँघुरो बाटो ठेल्दै अघि बढ्दा डरै डर गन्तव्य पूरा गर्न आफैलाई हतार भो रोकिदैन आधा बाटो अल्झिएछ छाँयामा । २, बिपत्ति रोकिदैन खुट्टा चाल्दा कसै गरी दु:खित भएपछि आत्मा बल तोडिजान्छ भावना बाढ्दै गर्दामा आत्मीयता महान । ३, अन्याय सहदमा आफैलाई बोझ हुँदा  बिद्रोह गर्नलाई आट गर्न सकिएन फुत्केको ढिकि सम्झेर पाखा लाग्दै बसेको ।  ४, लिएर आफ्नो जति बाढिचुढी सबैलाई  मिलेर अघिढ्दा स्वाभिमानी गीत गायौ स्वार्थले भरिंदा गाग्रो चुहिएको एकता । ५, बितेका पलहरु टाँसिएर आँखामाझ बिर्सन खोजे पनि ऐनाजस्तै भइदिन्छ झस्किन्छ पलपलमा मरेजस्तै बिपना । ६, पर्खिएँ तिमीलाई आफ्नो मान्छे बनाउन विश्वास गर्नुपर्थ्यो आफ्नै सम्झी नाता जोड्न  तड्पिएँ लामो समय आफ्नो मान्छे भइनौ ।

ल्यान्डिङका क्रममा जहाजको गियरमा समस्या आएपछि पुन काठमाडौं

काठमाडौँ । ७७ जना यात्रु बोकेर विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियरमा समस्या आएपछि अवतरण नगरी काठमाडौँमा अवतरण गरेको हो । उक्त विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । नागरिक उड्डयन प्राधिकरणका निमित्त प्रमुख राजकुमार क्षेत्रीले ल्यान्डिङ गियरमा समस्या देखिएपछि विराटनगरमा अवतरण हुन नसकेको र समस्या भएको अवस्थामा उपलब्ध सुविधाका आधारमा अवतरणका लागि सजिलो हुने भएकाले काठमाडौँ फर्किएको जानकारी दिए । बुद्ध एयरको एनआई कल साइनको उडान नम्बर–७०१ को विमानमा सवार ७३ यात्रुमध्ये २ जना बालबालिका र ३ जना नवजात शिशु थिए । ४ जना क्रु मेम्बर जहाजमा सवार थिए ।विमानको पाङ्ग्रा नै ननिस्किएपछि अब कसरी अवतरण गर्ने ? विमानस्थलमा हल्लीखल्ली मच्चिइसकेको थियो । कसरी फोर्स ल्यान्डिङ गराउने होला भन्ने चिन्ता एकाएक बढेको थियो । विमानस्थलमा दमकल र एम्बुलेन्स तैनाथ गर्न थालिएको थियो ।ल्यान्डिङ गियरमा संकेत नदेखेपछि विमानका क्याप्टेन एजी शेर्पाले विमान काठमाडौं फर्काउने निधो गरेका थिए ।विराट नगर विमानस्थलमा फोर्स ल्याण्डिङका लागि आवश्यक तयारी नभएको हुनाले विमान काठमाडौं फर्काइएको थि...

नुवाकोटको बेलकोटगढीमा सञ्चालन हुने भयो मेयर रोजगार कार्यक्रम २०७८/७९

बेलकोटगढी।बेलकोटगढी नगरपालिकाको नगर कार्यपालिका बैठकले मेयर रोजगार कार्यक्रम (संचालन ,व्यवस्थापन ), कार्यविधि २०७८ पारित गरेको छ | आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेट मार्फत मेयर रोजगार कार्यक्रम सचालन गर्ने घोषण भए अनुसार यही असोज ८ गते भएको कार्यपालिकाको बैठकले यस्तो निर्णय लिएको हो । कोभिड-१९ ले देश आक्रान्त भईरहेको अवस्थामा यस न.पा.मा कोभिड तथा अन्य कारणले रोजगारी गुमाएका र विदेशबाट फर्केका व्यक्तिहरुको तथ्यांक संकलन तथा रोजगारी उपलब्ध गराउने, स्थानीयस्तरमा भएको स्रोत साधन प्रयोग गरि सक्षम जनशक्ति विकास गरि रोजगारी सिर्जना गर्ने, श्रममुलक तथा उत्पादनमुलक क्षेत्र लाई समेटी विभिन्न सिप, तालिम प्रदान गरि रोजगारीको सिर्जनामा उद्योग, व्यवसाय संचालन तर्फ लाग्न प्रेरित गराई स्वरोजगार बनाउने उद्देश्य यस कार्यक्रम ल्याईएको बेल्कोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनालले बताए । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १३७ जनालाई औषतमा ८२ दिन २४ वटा आयोजनाहरु मार्फत रोजगारी दिएको र कार्यक्रमको लक्ष्य, उद्देश्य अनुरुप नै कार्यान्वयन भईरहेको उक्त कार्यक्...

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन नुवाकोट जिल्लाका क्षेत्र नं.१ र २ का निर्वाचित सभापतिहरु

नुवाकोट – सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नुवाकोटका १२ वटै स्थानीय तहको नगर/गाउँ कमिटीको अधिवेशन सम्पन्न भएको छ । शनिबार र आइतबार सम्पन्न अधिवेशनमा चारवटा गाउँपालिकामा निर्विरोध निर्वाचित भएका छन् भने दुई नगरपालिका र चार गाउँपालिकामा निर्वाचन भएको थियो । विदुर नगरपालिका नगर कमिटीको सभापतिमा हरिलाल श्रेष्ठ विजयी भए । निकतम प्रतिद्वन्द्वी बद्रि रिमाललाई गोल्डेन एक मतको मतान्तरले पराजित गर्दै श्रेष्ठले जित हात पारे । सभापतिमा विजयी भएका श्रेष्ठले एकसय ३६ मत पाउँदा रिमालले एकसय ३५ मत प्राप्त गरे । उपसभापतिमा सुमन अधिकारीले एकसय ५६ मत र भिमसेन अर्यालले एकसय ३१ मत प्राप्त गरी विजयी भए । सचिवमा अच्युत गिरीले एकसय ३५ मत र सुजन गजुरेलले एकसय ३२ मत प्राप्त गरी विजयी भए । सहसचिवमा रविन्द्र रिजाल र लोकस रिमालले जित हात पारे । उनीहरु दुबैले समान एकसय ३६ मत प्राप्त गरे । बेलकोटगढी नगरपालिकाको नगर कमिटीमा केसी समूहका प्यानलै निर्वाचित भए । सभापतिमा लेखनाथ मुडभरीले १ सय २४ मत ल्याएर निर्वाचित भएका छन् । उपसभापतिमा दुर्गाप्रसाद पुडासैनी र दुर्लभबहादुर तामाङ र सचिवमा प्रेमप्रसाद ला...

नेपाली काँग्रेसको १४ औ महाधिबेशन २०७८ अन्तर्गत नुवाकोटबाट निर्वाचित सभापतिका विवरण

नेपाली काँग्रेसको १४ औ महाधिबेशन २०७८ अन्तर्गत नुवाकोट जिल्लाको २ नगरपालिका र १० ओटा स्थानीय तह (गाउँपालिका) बाट  निर्वाचित सभापति ज्युहरु एवं पदाधिकारी ज्युहरुलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।शुभेच्छुक-डिलबहादुर लामा-नेपाली काङ्ग्रेस (बेलकोटगढी-४,नुवाकोट) जयने पाल! जयने पाल!! जय नेपाल!!!              सभापति ज्यु हरु           ============== १. बिदुर न पा - श्री हरिलाल श्रेष्ठ २. वेलकाेटगढी न पा- श्री लेखनाथ मुडवरी ३. लिखु गाउपालिाका- श्री बिनोद पाठक ४. तारकेश्वर गा पा - श्री केशब अर्याल ५. ककनी गाउँपालिक-श्री भग्याश्री लामा ६. दुप्चेश्वर गाउँ पालिका - श्री रोजलाल मोक्तान ७. शिवपुरी गाउँपालिका - श्री कविराज गुरुङ ८. सूर्यगढी गाउँपालिका-श्री शंकर बहादुर प्याकुरेल ९.  म्यागङ गा पा - श्री सिंह राज तमाङ्ग १०. पन्चकन्या गाउँपालिका - श्री माधव प्रशाद खनाल  ११. किस्पाङ गा पा - श्री रण बहादुर तमाङ्ग १२. तादी गाउँपालिका - श्री नारायण प्रसाद पाण्डे        

स्थानीय युवा चन्द्रबहादुर तामाङद्वारा नयाँ बस्तीमा खेल सामाग्री वितरण

बेलकोटगढी।खेल प्रेमी सामाजिक कार्यमा अत्यन्तै जुझारु युवा चन्द्रबहादुर तामाङद्वारा बेलकोटगढि नगरपालिका वडा नम्बर ३ नयाँ बस्ती,नुवाकोटमा रहेको मम्मै देबि युवा क्लबलाई भलिबल खेलाडीहरुलाई पोशक साथमा भलिबल वितरण गर्नु भएको छ।समाजसेवी चन्द्रबहादुर तामाङ सोही स्थानका स्थानीय बासी समेत हुनुहुन्छ।खेल एक प्रतिभा र राष्ट्रका बिशेष गौरवको गाथा बोकेका धरोहर खेलाडी जन्माउने स्थितिका मुख्यतः विन्दु रहेका ले आफुले पनि सकेको  सहयोग गरिएको उहाले बताउनु भयो।भोलिका दिनहरुमा पनि खेल जगतका लागि र हरेक समय साथमा साथ दिन सधैं आफू लागिरहेको हुनेछु भन्दै खेलाडीहरुमा निरन्तर  अभ्यासमा लागिरहन समेत अनुरोध गर्दै शुभकामना समेत व्यक्त गरिएको छ।समाजसेवी तामाङलाई क्लबको टिमको तर्फबाट यी र यस्तै साथ सहयोग निरन्तर पाइरहने आशावादी रहेको भन्दै धन्यवाद व्यक्त गरिएको छ।