Skip to main content

Posts

डा.दिलबहादुर थोकर तामाङद्वारा महाभारत गाउँपालिकालाई स्वास्थ सामाग्री हस्तान्तरण

डिलबहादुर लामा।खाने मुखलाई जुँघाले छेक्दैन भने झै डाक्टर पेशामा आबद्ध रहेका दिलबहादुर थोकर तामाङ अहिले सामाजिक अभियान्तको रूपमा चर्चामा रहेको छ।जहाँ इच्छा त्यहाँ उपाय भनेझैं उहाँको आफ्नो कर्तव्यमा रहेर पनि बाकी समयमा सामाजिक कार्यमा ब्यस्त भएको देखिन्छ।उहाँले आफ्नो स्वर्गीय आमा कान्छीमाया तामाङको नाममा कान्छीमाया तामाङ फाउन्डेसन समेत खोलेर आफु सञ्चालक प्रमुख  भै-काम गरिराख्नु भएको छ।डाक्टर तामाङ चिकित्सक समाज नेपालका बोर्ड सदस्य प्रमुख समेत हुनुहुन्छ। उहाँको संघ संस्थाहरुद्वारा विभिन्न गाउँ ठाउँमा पुगेर नि:शुल्क स्वास्थ्य शिविर,राहत वितरण गर्नुका साथै स्वास्थ्य सामग्रीहरु वितरण गरिदै आएको छ।त्यस्तै उहाँको पहलमा प्राप्त स्वास्थ्य सामाग्रीहरु र oxygen concetrator महाभारत गाउँपालिकाका अध्यक्ष कान्छा लाल जिम्बालाई हस्तान्तरण गरिएको तामाङले बताउनुभयो।उक्त सामाग्रीहरु बोधिसत्व बिहारबाट प्राप्त भएको उहाँले बताएको छ।हरेक कार्यमा हातमा हात र काधमा काध गरेर साथ सहयोग गर्नुहुने Supreme Master र Tzu Chi Foundation लाई हार्दिक नमन साथसाथै हार्दिक कृतज्ञता आभार प्रकट। आगामी दिनहरूमा पनि यी र यस्...

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले स्थानीयस्तरमा आन्दोलन परिचालन समिति गठन गरे

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको आन्दोलनलाई मध्यनजर गर्दै स्थानीयस्तरमा आन्दोलन परिचालन समिति गठन गरिएको छ । नेपाल शिक्षक महासंघको १३ गते राति भएको भर्चुअल बैठकले विद्यालय कर्मचारी तथा बालशिक्षकहरुको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नका लागि आन्दोलन परिचालन समिति गठन गरिएको हो । गठित समितिको संयोजकमा महासंघ शिवसताक्षीका उपाध्यक्ष लालमणी सुवेदी रहेका छन् । त्यस्तै समितिको सदस्यहरुमा महासंघबाट गणेश चम्लागाई र कमला बस्नेत रहेका छन् । त्यसैगरी घटक संस्थाका अध्यक्षहरु उक्त समितिको सदस्यमा रहेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनका शिवसताक्षी अध्यक्ष रमेशकुमार दाहाल, नेपाल शिक्षक संघका अध्यक्ष विष्णुबहादुर सुब्बा, एकिकृत अखिल नेपाल शिक्षक संगठनका विष्णु भट्टराई, नेपाल विद्यालय कर्मचारी परिषद्का नगर अध्यक्ष मदनकुमार राई रहेका छन् ।  सोहि बैठकले महासंघ राष्ट्रिय समितिमा आवद्ध शिक्षकका प्रमुख घटकहरु यस विषम परिस्थितिमा, शिक्षकहरु राज्यद्वारा विभेदको शिकार बनाईएको र प्रताडीत पारिएको अवस्थामा समेत एक हुन नसक्नुले नेपाल शिक्षक महासंघ प्रतिको आशा, विश्वास र भरोसा क्षीण हुदैँ गइर...

यी हुन् सामाजिक सञ्जालमा भाइरल तस्विर दुई व्यक्ति

नेपालमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिएको छ । यस दिन कृषकहरू आफ्नो धानखेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाने गर्छन् ।तर, पछिल्ला वर्षहरूमा भने असार १५ लाई युवायुवतीहरूले ‘हिलो खेल्ने उत्सव’ को रूपमा सेलिब्रेट गर्न थालेका छन् । धान दिवसमा एउटा तस्वीर खुबै भाइरल भयो । तस्वीरमा दुई युवा-युवती हिलोमा डुबुल्की मार्दै रोमान्स गरिरहेजस्तो देखिन्छ । धान रोप्ने बहानामा हिलोमै उच्छृङ्खल क्रियाकलाप गरेको भनेर सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ । यद्यपि, उनीहरू को हुन् र दृष्यको वास्तविकता के हो भन्ने धेरैलाई थाहै छैन । तस्वीरमा देखिएकी युवती हुन्, रेसलर अस्मिता ‘जुरेली’। केही समयअघि सन्ध्या तिवारीको अध्यक्षतामा ‘नेकपा एमाले’नाममा दर्ता गरिएको पार्टी (जसको अहिले नाम परिवर्तन) की सचिव पनि हुन् उनी । विगतमा उनी मोडलिङ पनि गर्थिन् । अहिले महिला रेसलरका रूपमा परिचित छिन् । तस्वीरमा देखिएका पुरुष हुन् दोहोरी गायक छत्र शाही । उनी इन्द्रेणी साँझमा काम गर्छन् । हिजो भक्तपुरमा युवा संघ नेपालले पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा आयोजना गरेको रोपाईं कार्यक्रममा आ-आफ्न...

शुन्दर तीन तले घरको अगाडि खेतमा रोपाइँ

चितवन सदरमुकाम भरतपुरबाट नजिकै भएर पनि ठिमुरा ओझेलमा छ। यो त्यही ठाउँ हो जहाँ केही महिनाअघि मात्रै त्रिशूली नदी माथिबाट तनहुँसँग जोड्ने पक्की पुल एकै महिनामा दुई पटक भाँचिएको थियो। निर्माण सकिनुपर्ने समय आइपुग्न केही महिनामात्रै बाँकी हुँदा पुल भाँचिएपछि ठिमुरा बदनाम भयो। यही पुलभन्दा केही मिटर पर बनेको एउटा घर भने अहिले सामाजिक सञ्जालमा निकै चर्चित भइरहेको छ। नारायणगढ बजारबाट करिब ५ किलोमिटरका दूरीमा छ, ठिमुरा। यहाँ पुग्न नारायणगढ-मुग्लिन सडक खण्डको रामनगरबाट करिब एक सय मिटरअघि बढेपछि बायाँतर्फ लाग्नुपर्छ। बरण्डाभार जंगल हुँदै करिब एक किलोमिटरभित्र त्रिशूली नदीको आडैमा यो सुन्दर घर देख्न सकिन्छ। हाडजोर्नीको समस्या भएका बिरामीको उपचारका लागि चितवनमा चर्चा कमाएका डाक्टर प्रमोद लामिछानेले बनाएका हुन् यो घर। डाक्टर लामिछानेको पुर्ख्यौली घर लमजुङको राइनास-८ हर्राबोट हो। २०७२ सालमा आएको भूकम्पले उनकोमात्रै नभएर गाउँका प्रायःको घर भत्कायो। ‘आफू जन्मे-हुर्कको, पढे-खेलेको त्यो घर गुमाउनुपर्दा मलाई असाध्यै पीडा भएको थियो। बुबाले बनाएको पहाडी मौलिकता झल्कने यति राम्रो घर अब सकियो भनेर साह्रै दुः...

नायक पल शह "रियल हिरो अफ दि इयर"बाट सम्मानित

चर्चित नायक पल शहको नाम आजभोलि सबैको ओठ ओठमा झुन्डिएका छन्।छोटो समयमा नै नायक शहले दर्शक स्रोताहरुबाट सोचेभन्दा धेरै साथ सपोर्ट पाउन सफल भैसकेको छ।बिश्वब्यापी रूपमा चर्चा बटुल्न सफल ,सफल नायक आज जोकोहिलाई उनको नामसङ्ग परिचित हुन केही समस्या पर्छ भन्ने कुरामा सहमत कोहि छैनन्। उनले धेरै भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने चलचित्रमा पनि ।यसपटक भने नायक पल शहलाई " रियल हिरो अफ दि इयर "बाट सम्मानित गरिएको छ।रजतपट कोशेली अभियान अन्तर्गत उनलाई बुधबार यो सम्मान गरिएको हो।

"सालको पात जसरी" बोलको गीत डिजिटल बजारमा सार्वजनिक

विष्णु तामाङ र गीता श्रेष्ठ को स्वरमा ‘सालको पात जसरी’ गीत सार्वजनिक भएको छ । विष्णु तामाङकै शब्द, सङगीत र ऐरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विपिन क्षेत्रीको छायांकन, कपिल लामाको निर्देशन रहेको सार्वजनिक भिडियोमा अञ्जली अधिकारी र अर्जुन गौतमको अभिनय छ । गीतको भिडियोलाई शिवपुरी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

अब चल्ने भयो जोर बिजोर हुँदै सवारी साधनहरु

अत्तरिया:  कैलाली जिल्लामा २ महिनादेखी ठप्प रहेको सार्बजनिक यातायतहरु संचालनमा आएका छन् । दोस्रो चरणको महामारी फैलिएपछि जिल्लामा बन्द गरिएका सार्वजनिक यातायात २ महिना पछि आजदेखी सञ्चालनमा आएका हुन् । जिल्ला कोभिड व्यवस्थापन समितिको सोमबारको बैठकको निर्णयअनुसार जनस्वास्थ्यका मापदण्ड अपनाएर जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिइएको हो । वैशाख १६ देखि कैलालीमा जारी निषेधाज्ञामा सार्वजनिक यातायतहरु सञ्चालन गर्न दिइएको थिएन । जिल्लाभित्र जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी बिहान ०६ बजेदेखि साँझ ७ बजेसम्मका लागि सवारी साधन सञ्चालन पाइने छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले स्वास्थ्य मापदण्ड पालन गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न आदेश दिएका थिए । जारी आदेशअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिट क्षमताभन्दा बढी यात्रु नराखेर जिल्लाभित्र मात्र सार्वजनिक सवारी साधन चलाउन पाइनेछ । चालक, सहचालक र कन्डक्टरले मास्क र पञ्जा अनिवार्य रुपमा लगाउनु पर्नेछ । अटो, मोटरसाइकल र स्कुटीमा पनि जोरबिजोर जारी रहने प्रमुख जिल्ला अधिकारी रिजालले बताए। अत्यावश्यक सेवामा सञ्चालन ...