Skip to main content

Posts

हाइकु - पुष्कर लोहनी

हाइकु - पुष्कर लोहनी  १, निहुरिँदा त गँड्यौलो पो निस्केछ हातमा माटो । २, नसुनेजस्तो बाँसमुनी छहारी पातलो मन । ३, दरिलो टेवा खुकुलो अनुहार  हावा बेपत्ता । ४, अमिलो गन्ध नसुकाएको माछा घुनको थुप्रो । ५, अँगालो मार्दा जडाउरी परेछ आफैँ च्यात्तिँदा । ६, खोज्न निस्किँदा पोकैपोकाको थुप्रो झ्याङ्को बाटो । ७, खुइलिएको पित्तल अनुहार  ध्वाँसो झरेछ । ८, चुहिँदो शीत चाटेर फालिदिएँ नाक थुनेर । ९, बगेको हूल छोएरै गाडिदिएँ देखिने खाल्डो ।

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ

बुसोकुसेकिका कविता  - श्रीराम श्रेष्ठ  १, विश्वास गर्दा धोकै धोका बुनेर नक्कली माया मुटुमा किला ट्गोक्दै रुन्चे हासो फालेर जीवन दु:खमय । २ अप्ठ्यारो बाटो  गन्तव्य पुग्न गाह्रो  चिन्ता थुप्रेको धकेल्दै अघि बढ्दा अन्धकार लुकेको अवस्था रण्भुल्ल । ३, पीडाको पोको अत्तालिएको मन बाँच्ने कसरी  एक्लै दु:ख अगाल्दै आफ्नै जीवनकथा दु:खको चौतारी । ४, बैगुनी माया विश्वास गुमेपछि मनमा रिस कसरी बुझाउने मुटुमा काँडा ठोक्दै भत्किएको पर्खाल । ५, आफ्नो सम्झेर खुसी सबै बाँडेको मुटुमा काँडा छटपटी हुँदामा  धोका दिँदा चिप्लेको आफ्नै पनि पराई ।  ६, रसिलो बोली  दिलैबाट चाहेको मनको भाव भित्रभित्रै कोचिँदा मौका जुरेलो बेला डराएर कामेको ।

बेलकोटगढी-३ कुमरी,नुवाकोटको श्री पोखरी आधारभूत विद्यालयमा न्यानो कपडा वितरण

कुमरी-नुवाकोट।बेलकोटगढी नगरपालिकाको वडा नम्बर ३ कुमरी,नुवाकोटमा रहेको श्री पोखरी आधारभूत विद्यालयमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रम कृष्ण प्रसाद पुडासैनीको प्रमुख आतिथ्यतामा भएको थियो।बोधिसत्व बिहारको सहयोगमा कान्छीमाया तामाङ फाउन्डेसनको सहकार्यमा भएको सोही कार्यक्रमको बिच जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण समेत गरिएको छ। विद्यालयमा रहेको १५५ जना विद्यार्थीहरुलाई जाडो मौसममाको सुरुवात सङ्गै निरन्तर उपस्थित भै अध्ययन गर्न सहज वातावरण मिलोस् भन्ने उदेश्य अनुरुप बोधिसत्व बिहार र कान्छीमाया तामाङ फाउन्डेसनको सहकार्यमा संयुक्त रूपमा कार्यक्रम तयार गरेर अभियान सुरु गर्दै आएको कान्छीमाया तामाङ फाउन्डेसनका सञ्चालक डाक्टर दिलबहादुर थोकर तामाङले बताउनु भयो।देशका विभिन्न क्षेत्रमा यी र यस्ता थुप्रै किसिमका स्वास्थ्य सेवाका साथै राहत वितरणका कार्यक्रमहरु अझै निरन्तरता दिइरहेको समेत उहाँले बताउनु भयो।

तन्का-श्रीराम श्रेष्ठ,बलौटे माटो…🖊️

तन्का १, बलौटे माटो पानीको भेलसँगै छुट्टिन्छ सबै किनारमा थुप्रेछ रमाउदै सोरेको । २, तारुकाघाट चिताको धूँवा देख्दा तोड्यो घमण्ड हातेमालो गरेर हाँसिखुशी बाँचौला ।। ३, फूलेको फुल भमराको चुम्बन हरायो बास्ना हेर्नलाई सुन्दर हराएछ सुगन्ध । ४, भूत बङ्गला मध्यान्ह बाह्रबजे अचम्म लाग्ने डरलाग्दो आवाज दैवी शक्ति बोलेको । ५, थानसिङ वस्ती हरियाली देख्दामा मन नै ताजा सम्म परेको फाँट पैसैपैसाको थुप्रो । ६, जीवनगाथा  दुइ दिनको नासो त्यागौ घमण्ड भाइचारा सम्बन्ध अडेर विश्वासमा ।

तामाङ चलचित्र संघ बागमती प्रदेश सचिवमा दावा फिन्जाे र सहसचिवमा करण तामाङ

काठमाडौं–तामाङ चलचित्र संघ प्रादेशिक संरचनामा गएको छ । संघले पहिलो प्रदेश कमिटिको रुपमा बागमती प्रदेश कमिटि गठन गरेको छ । संघीय अध्यक्ष कुमार मोक्तानको अध्यक्षतामा शनिबार आयोजित भेलाबाट प्रदेश कमिटि बनाएको हो । चलचित्र निर्देशक एवं नायक विनायक तामाङको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा आशमान वाईबा,सचिव दावा फिन्जो तामाङ,सह सचिव करण तामाङ,कोषाध्यक्ष बिना घले,सह कोषाध्यक्ष धुर्व छिरिङ तामाङ चयन हुनुभएको छ । १३ सदस्यीय कमिटिका सदस्यहरूमा रोसन तामाङ,अनिता नेगी,बिना लामा,राजकुमार तामाङ,नरेन्द्र तामाङ,सुस्मिता घ्लान,श्याम माया तामाङ रहनुभएको छ । संघीयताको मुल मर्म अनुसार नै तामाङ चलचत्रि कर्मीहरुलाई संगठित गरी गतिविधि विस्तार गर्न तामाङ चलचित्र संघको बागमती प्रदेश कमिटि गठन गरिएको संघले जनाएको छ । यसैगरी सदस्य संख्या यकिन गरी अन्य प्रंदेशमा पनि विस्तार गर्ने संघको योजना रहेको जनाईएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार,तामाङ चलचित्र संघको प्रमुख सल्लाहकार बिकु थो...

अमेरिकाबाट मन बिश्वकर्माले गरे जेहेन्दार दुईजना विद्यार्थीलाई आर्थिक सहयोग।

बेलकोटगढी।बेलकोटगढी न.पा-९,नुवाकोटकी सावित्री गजुरेललाई  अमेरिकाबाट अध्ययनका लागि आर्थिक सहयोग प्राप्त भएको छ।अमेरिकामा बसोबास गर्नुहुने मनकारी सहयोगी मन भएका मन बिस्वकर्माले जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनका लागि भन्दै दुई जनालाई आर्थिक सहयोग गर्नुभएको छ। जसमा नुवाकोट बट्टार बहुमुखी क्याम्पसमा स्नातक तहको सामाजिक शास्त्रमा अध्ययन गर्दै गरिकी  सावित्री गजुरेल रु.५०,०००/- पचास हजार र चौरिदेउराली गाउँ पालिका नाग्रे,काभ्रेका बुद्ध लामालाई  बौद्धमा रहेको स्तुपा कलेजमा डिप्लोमा इन फर्मेसी अध्ययनका लागि  रु.८०,०००/- असी हजार आर्थिक सहयोग गर्नुभएको छ। दुबैजनाका लागि प्राप्त उक्त रकम हस्तान्तरण भैसकेको सामाजिक अभियान्ता तथा कान्छीमाया माया फाउन्डेसनका सञ्चालक डाक्टर दिलबहादुर थोकर तामाङले दियाले न्युजलाई जानकारी दिनुभएको छ। बुद्ध लामाका अध्ययनका लागि कलेजमा तिर्नुपर्ने पहिलो बर्षको भर्ना पैसा तिरी सकेको र दोस्रो साथमा तेस्रो बर्षको भर्ना तिर्ने पैसा पनि केहि दिनमा तिर्दैछौ उहाले भन्नुभयो।डाक्टर तामाङले जेहेन्दार विद्यार्थी दुबै जनालाई उज्ज्वल भविस्यको कामनाका साथमा सहयोगी ...

धुलिखेल-३ कुत्तालमा रहेको श्री मण्डलि देवि आधारभूत विद्यालयमा न्यानो कपडा वितरण

धुलिखेल नगरपालिकाको वडा नम्बर  -३, कुत्तालमा रहेको श्री मण्डलि देवि आधारभूत विद्यालयमा आज न्यानो कपडा वितरण गरिएको छ।उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई  बोधिसत्व बिहारको सहयोगमा र कान्छीमाया तामाङ फाउन्डेसनको सहकार्यमा जाडोको लागि न्यानो ट्र्याक,शुट र  टि-शर्ट वितरण हो। मौसम परिवर्तन सङ्गै चिसो बढ्दै गएका कारण विद्यालय आउने बालबालिकाहरुलाई समस्या नपरुन् भन्ने उदेश्यले न्यानो कपडा वितरण गरिएको कान्छीमाया तामाङ फाउन्डेसनका सञ्चालक डा.दिलबहादुर थोकर तामाङले बताउनु भयो। यस अघि पनि बोधिसत्व बिहार र कान्छीमाया तामाङ फाउन्डेसनले विभिन्न थुप्रै ठाउँहरुमा राहत पुर्‍याउने कार्यक्रमहरुका साथै स्वास्थ्य सामाग्री र खाद्यान्न सामाग्रीहरु वितरण गरिदै आएका थिए।विभिन्न कार्यक्रमका लागि काधमा काध गर्दै हरेक समयमा साथ दिइरहनु हुने सुप्रीम मास्टरलाई हार्दिक कृतज्ञता प्रकट गर्दै न्यानो कपडा वितरणका लागि उक्त विद्यालयका शिक्षक जयरामप्रती कान्छीमाया तामाङ फाउन्डेसनका सञ्चालक डा.दिलबहादुर थोकर तामाङले धन्यवाद व्यक्त गरेका छन्।