रेंगा कविता श्रीराम श्रेष्ठ सामान्य लाग्ने अँध्यारोसँग जुध्दै खोजेको सुख । समस्याको थुप्रोले थला परेको मन । अँध्यारो देख्दा आँखा चिम्म गरेर सम्झेको गल्ति । लाजलाई छोपेर बास खोज्न हत्तार । चोट र पीडा आत्मासात गरेको भाग्य रित्तिंदा । बेहाल जिन्दगीमा समस्याले छोपेको । सान्त समय लोलायका नयन आँखै दबेको । डरलाग्दो आवाज निरीह बलवान् । संकट पर्दा देख्यौ तानव नृत्य निरीह बन्दै। खुम्चेर बस्दा बस्दै विस्फोट मनोभाव ।