सिजो श्रीराम श्रेष्ठ १, जिन्दगी जिउनु छ आफैलाई खियाउँदै मनमा पीडा लिई हाँस्नुपर्ने सधैँ जसो रोगको दलदलमा जाकिएर बाँचेको । २, धैर्यता टुटेपछि आँखाबाट आँसु झर्छ कोमल हृदयमा क्षणक्षण रामबाण अँध्यारो जीवनकथा ढोकैभित्र टाँसिन्छ । ३, अँध्यारो परिवेश डर लाग्छ सम्झँदामा भएर होसियार रात काट्न अतास्सियो भाग्दामा जीवनगाथा बचाउन सकिन्न । ४, तड्पेर यताउता हेर्दाहेर्दै मन बुझ्यो दु:खद समयमा आफैलाई बिर्सिएछु बिर्सिदा पागल मन आशा च्याप्दै दौडछ । ५, संयोग भन्नैपर्छ भेटघाट तिम्रो मेरो विश्वास गर्दा पनि घात भयो तिमीबाट ढिलायौ प्रेम प्रस्ताव मनलाई सारेर । ६, रुपले लठ् याएछ मनमिल्यो कति चाडै नजिकै भएपछि माया पनि गाढा भयो झुक्किए कालो पोखरी भन्किएको माखाले ।