नुवाकोट । डिभिजन वन कार्यलय नुवाकोटका प्रमुख जय मंगल प्रसाद यादव अक्तियारकाे फन्दामा परेका छन् । वन कार्यलय परिसरमा खाेरमा थुनेर राखेको घाेरल हराएको र कच्चापदार्थ सेवाग्राहीबाट एकलाख घुुस लिएको पुष्टि भएको कारण अक्तियार दुरुपयोग अनुसन्धान अायाेगका टाेलीले यादवलाई नियन्त्रण लिएको हाे । नुवाकोट पञ्चकन्या गाउँपालिका भद्रुटारमा अलपत्र रुपमा फेला पारेको घाेरललाई स्थानीयले उद्धार गरेर सुरक्षित तवरले जिल्ला वन डिभिजन कार्यलय नुवाकोटमा बुझाएको केही घण्टामै डिभिजन कार्यलय परिसरबाट घाेरल बेपत्ता पारिएको थियो । यसैगरी सूर्यगढी गाउपालिका वडा नम्बर ५ नयाँ पुलमा रहेको ढुङ्गाखानी सञ्चालनमा राेक लगाइए पनि गैर कानुनी रुपमा सञ्चालनकाे लागि बाधा नपुर्याउने हेतुले सेवाग्राहीबाट डिभिजन वन कार्यलय प्रमुख जयमंगल प्रसादले नै एक लाख घुस लिएको पुष्टि भए पछि अक्तियार दुरुपयोग अनुसन्धान अायाेगका टाेलीले कार्यलयबाटै प्रमुख यादवलाई नियन्त्रणमा लिएको हाे । खानीबाट निकालिएको ढुङ्गा हेटांैडामा रहेको शिवम् सिमेन्ट उद्योगमा सिमेन्ट बनाउन कच्चापदार्थको निमित्त लगिने गरिन्छ । नियन्त्रणमा लि...