सिजो कविता  - श्रीराम श्रेष्ठ  १. अँध्यारो आधारात संझनामा तिम्रो याद कोल्टदै निदाउन नसकेको अवस्थामा जिस्कायो आँखा तरेर तिम्रो मेरो सम्बन्ध । २. घामको उज्यालोमा रमाइलो अनुभूति  समय पर्खिबसे रोकिएन मेरा लागि  अन्तत जिउनै पर्यो  भाताभुङ्ग जीवन । ३. निधार खाली रह्यो तिहारको समयमा  प्रदेस गएकाले बहिनीको मन रोयो सम्झना मडारिएर देखा पर्यो तिहार ! ४. राखेको तिमीलाई हृदयको छहारीमा ममता जगाउनु पर्ने थियो तिमीबाट  मरेको जीवन कथा अल्झिरह्यो हाँसेरै । ५. राखेको तिमीलाई हृदयको छहारीमा ममता जगाउनु पर्ने थियो तिमीबाट  मरेको जीवन कथा अल्झिरह्यो हाँसेरै । ६. संयोग भन्नैपर्छ भेटघाट तिम्रो मेरो  विश्वास गरेकै हो घात भयो तिमीबाट ढिला भो प्रेम प्रस्ताव यो मनले स्वीकार्न ।