Skip to main content

Posts

कान्छीमाया तामाङ फाउन्डेसनद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण

सामाजिक कार्यमा अग्रसर रहेका डाक्टर दिलबहादुर थोकर तामाङ अहिले जनसेवामा व्यस्तता देखिन्छ।विभिन्न क्षेत्रहरुमा कार्य गरिराख्नु भएको डाक्टर तामाङ पुल्चोक प्राथमिक विद्यालय गोदावरीमा अध्यनरत विद्यार्थीहरुलाई Personal hygiene Kit, शैक्षिक तथा खेलकुद सामाग्रीका साथमा पुगेको छ।उहाँले "कान्छीमाया तामाङ फाउन्डेसन"द्वारा उक्त सामाग्री वितरण गरिएको जनाएको छ।सोहि विद्यालयमा अध्यनरत करिब ३२ जना बालबालिकाहरु रहेको छ।विद्यार्थीहरु र विद्यालय परिवारले उहालाई खुशी हुँदै धन्यवाद व्यक्त गरेका थिए। आगमी दिनहरुमा पनि निरन्तर साथ सहयोगको अपेक्षाका साथ सम्पुर्ण योजना,लक्ष्य ,उदेश्यहरु सफलता होस् भन्दै शुभकामना समेत दिएका थिए।त्यहाँका अध्यनरत विद्यार्थी सबैजनालाई गएको वर्षमा ट्र्याक सुट र जुत्ताहरु समेत वितरण गरिसकेको उहाले बताउनु भयो।

कराँते संघ नुवाकोटले मनायाे प्र.प्रशिक्षकलाई सम्मान गर्दै गुरु पुर्णिामा

नेपाल सितोरियो कराँते संघ नुवाकोट र ब्ल्याक बेल्ट कमिटी नुवाकोटले जिल्ला कराँते प्रमुख  प्रशिक्षक उत्तम राईलाई सम्मान गर्दै शनिबार गुरु पुर्णिामा मनाएको छ । नेपाल सितोरियो कराँते संघ नुवाकोटकाे भवन निर्माण स्थल विदुर - ४ समचाैर नुवाकोटमा विदुर डाेजाेका खेलाडी तथा जिल्लाका विभिन्न डाेजाेका प्रशिक्षकहरुकाे उपस्थितिमा प्रमुख राईलाई खादा, मायाकाे चिनाे तथा सम्मान पत्रले सम्मान गरिएको हाे । नेपाल सितोरियो कराँते संघ बेलकाेटगढी नगरपालिका डाेजाेका प्रमुख प्रशिक्षक एवम् राष्ट्रिय रेफ्रि करण तामाङले अाफ्नाे डाेजाेकाे तर्फबाट जिल्ला प्रमुख प्रशिक्षक राईलाई चियापान समाराेह बिच सम्मान गरेको हाे । साथमा ब्ल्याक बेल्ट कमिटी नुवाकोटले मायाकाे चिनाे सहित सम्मान गरेको छ । करण तामाङ , अमृत तामाङ , पुष्कर मल्ल , देव तामाङ लगायत ब्ल्याक बेल्ट कमिटी नुवाकोटका युनिटले समाराेह अायाेजना गरेको थियोे ।नुवाकोट जिल्लाका कराँतेकाे विकासकाे निमित्त कराँतेकाे अाफ्नै  भवन निर्माण र स्थानीय सरकारसँग समन्वय गरी जिल्लाका विभिन्न ठाउँहरुमा प्रशिक्षण विस्तार गर्नुपर्ने कुरा समाराेहलाई सम्बाेधन गर्ने क्रममा प्रमुख...

सुरुदेखि नै नेपाली काङ्ग्रेसको राजनिती यात्रा-प्रतापसिंह लामा

नेपाली कांग्रेस नेतृत्वको सरकार आफ्नो कार्यभार पूरा गर्न सक्षम हुनेछ : प्रतापसिंह लामा, महासमिति सदस्य, नेपाली कांग्रेस प्रताप सिंह लामा नेपाली काँग्रेस नुवाकोटका सक्रिय युवा नेता तथा महासमिति सदस्य हुन् । सामान्य किसान परिवारमा हुर्केबढेका उनी मिलनसार, सहनसील र सबैसंग मिल्न सक्ने स्वभावका हुनुको साथै आफुले आँटेको र जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने गरेको सुनाए । सुरुदेखि नेपाली काँग्रेससंग प्रभावित भई साधारण सदस्यबाट राजनीति सुरु गरेका उनले लोकतन्त्रमा विस्वास राखी निरन्तर देश, जनता र पार्टीको सेवा गर्दै आएको बताउँछन् । राजनीतिमा लाग्ने प्रेरणा मेरो बुबा र जिल्लाको तत्कालिन स्थानीय नेताहरुको प्रभाव र पछि विपी, कृष्ण प्रसाद भटराई, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला लगाायतलाई पनि बुझने अवसर पाएं । मेरो बुबा दुई पटक वडा अध्यक्ष हुनुभएको थियो । पञ्चायती राजनीतिक परिवारमा हुर्कनु भएको तपाई कसरी कांग्रेस ? साँञ्चै म राजनीतिक सामाजिक पविारमा हुर्के, बढेको हुं । २०३८ सालतिरको कुरा हो साविकको जिलिड ८ नालागाउँमा प्रहरीले एक जना जनताको घरमा गई थाममा बाँधी कृषकको कुखुरा काटेर खाए । त्यसपछि पञ...

Sijo Poem By Shreeram Shrestha

Sijo Poem By Shreeram Shrestha|सिजो कविता    -श्रीराम श्रेष्ठ  १, आकाश धमिलिँदै निराशमा तनमन सोचाइ थाँती राख्दा मडारियो इच्छाहरु लियर पीडाको पोको लम्की लम्की हिँडेकाे । २, आउँछ आँधीबेरी नदेखिने बहानामा मनका रहरमा नजिकिँदो लिसोसरि स्वार्थले लत्याएपछि मर्किएको भरोसा । ३, झरीले रुझाउँदा सम्झनाको पर्खाइमा  रोएझैँ झेल गर्ने नक्कलीकाे भरपर्दा बसेथेँ एक्लो जीवन आशा गर्दै जोवन । ४, बिहान चिसो चिसो पानी पर्दा उठिहाले मनले खोजिएको ततोपन सम्झिरहे कफिको चुस्कीले गर्दा अनुभवै फेरियो। ५, इन्द्रेणी परेपछि मोहकता वरिपरि  क्षणिक परिदृस्य टिकाउन सकिँँदैन प्रकृति उपहारमा सौन्दर्य अथाह । ६, पानीको थोपाथोपा महत्त्व छ सधैँभरि अमृत जस्तो मान्छे बाँच्न पनि अति गाह्रो  सुकेछ पानी आउने मुहान पनि गर्मीले । ७, वर्षाको मौसममा गर्मी छर्दा बाँच्नै गाह्रो  बेचैनी  यताउता शीतलता खोजिपस्दा पसिनै पसिना लिई विवशता अँगाल्दै । ८, असिना पर्‍यापर्‍यै चुट्नुसम्म चुटिएछ आपत देखापर्दा ज्यान जाला होसियार  निथ्रुक्क भिजिएपछि सताएछ चिसोले । ९.     धैर्यता टुटेपछि आँखाबाट आँसुझर...

प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ Red Bull बिक्री बितरण गर्ने ब्यक्ति पक्राउ

प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ Red Bull बिक्री बितरण गर्ने ब्यक्ति पक्राउ परेका छन्। मिति २०७६।०३।०२ मा प्रकाशित राजपत्र भाग ५ को सुचना १ को प्रकरण ४ को (ढ) बमोजिम क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ (Energy Drinks), Flavoured Synthetic Drinks र यस्तै प्रकारका पेय पदार्थहरुको बिक्रीवितरणलाई पूर्ण रुपमा बन्देज गरिएकोमा काठमाडौंका बिभिन्न स्थानमा रहेका  होलसेल सप्लायर्स तथा मार्टहरुले बाह्य मुलुकमा उत्पादित Energy Drinks Red Bull नेपालमा ल्याई बिक्री बितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा मिति २०७८।०४।०५ गते यस महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष टोलीले काठमाडौंको न्यूरोड, सिनामंगल, पूरानो बानेश्वर, कपन, गोठाटार लगायतका स्थानबाट प्रतिबन्धित निलो कलरको शक्तिबर्धक पेय पदार्थ Red Bull बिक्रीबितरण गरिरहेको अवस्थामा फेला पारी ४ जना व्यक्तिहरुबाट जम्मा २०२ कार्टुन (४८४८ थान)  रेडबुल समेत बरामद गरिएको, बरामद सामाग्री मध्ये ८४ कार्टुन रेडबुल  बा २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखि जिल्ला सर्लाही हरिपुर न.पा. १ घर भई हाल जिल्ला काठमाण्डौ गोठाटार बस्ने ब...

कोन्ज्योसोम१ को भैरब मा.बि मा एक दिने नि:शुल्क स्वास्थ शिवीर सम्पन्न

कोन्ज्योसोम :   बुधबार  तामाङ चिकित्सक समाज र मिस तामाङ बिजेता हरुले ललितपुर को विकट मानिने कोन्ज्योसोम गाउपालिका वडा नम्बर १ को भैरब मा.बि मा एक दिने नि:शुल्क स्वास्थ शिबिर भब्य र सब्य तरिकाले सन्चालन भएको तामाङ चिकित्सक समाज को अध्यक्ष डा. दिल  बाहादुर तामाङ ले जानाकारी गराउनु भयो। तामाङ समाज ले सन्चालन गरिएको स्वास्थ सेवा हरु : १)दन्त सेवा २)हाट्जोर्नी दुखाइ को जाँच ३)बालरोग को जाँच ४)गर्भवती महिलाको भिडियो एक्स-रे ५)साधरण स्वास्थ जाँच कोन्ज्योसोम गाउँपालिकाको वडा नं. १को वडा कार्यालयमा समाजले एकदिने शिबिरको  आयोजना गरिएको थियो । उक्त स्वास्थय शिविरमा तीन  सय भन्दा धेरैले स्वास्थ्य परीक्षणको सेवा पाएकाछन्। कोरोनाको महमारीमा गाउँका दूरदराजमा रहेका बुद्धबुद्धाहरुमा हुने समस्यालाई सहयोग पु¥याउने उद्धेश्यले संस्थागत रुपमा नै गाउँ गाउँमा पुगेर सेवा प्रवाह गरेको समाजको अध्यक्ष तामाङले बताए। कोरोनाको महामारिमा हामीले गाउँको दूरदराजमा रहनुभएका बृद्धबृद्धाहरु र गर्भवती महिला जसले सेवा नै पाईरहेका हुँदैनन्, उहाँहरुको स्वास्थ्य सेवाको लागि थोरैभएपनि सहयोग पु¥याउने ...

स्नातक तह प्रथम वर्षको बिधार्थीहरुबाट त्रिविका रजिष्ट्रार कार्यालयमा तालाबन्दी

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का स्नातक तह प्रथम वर्षको बिधार्थीहरूले आज सोमबार  १ बजे त्रिविका रजिष्ट्रार कार्यालयमा तालाबन्दी गरेको छ। त्रिविका बिधार्थीहरू  उपकुलपति कार्यालयमा तालाबन्दी गर्न जादा प्रहरी र त्रिविका पदाधिकारी द्वारा अवरोध गरिरहेका छन्। त्रिभुवन विश्वविद्यालय बल्खुको प. नि. का मा पनि माग पुरा नगरे ताला लाउने दावी गरेका छन्। अहिलेको अबस्थामा भौतिक परिक्षा हामी दिँदैनौ, नो भाक्सिन नो इग्जाम” भन्दै त्रिभुवन विश्वविद्यालयमा बिधार्थीहरूले तालाबन्दी लगाएका छन्। प्रथम बर्षका बिधार्थीहरूद्वारा जारी ज्ञापनपत्रमा भनिएको छ, ‘‘यस कोभिड – १९को परिस्थितिमा त्रिविका बार्षिक परीक्षामा साउन १० गते हुनेमा बिधार्थीहरूको स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने साथै त्रिविका बार्षिक परीक्षाको सम्पुर्ण जिम्मेवारी सम्बन्धित क्याम्पसलाई दिनुपर्छ र क्याम्पसले जुनसुकै माध्यम बैकल्पिक (अनलाइन) अथवा भौतिक समेट्ने हिसाबले लिन सक्ने बनाउनुपर्छ।” पटक–पटक मागको लागि त्रि.विको अगाडि पहल गर्दा पनि पदाधिकारीले कुनै चासो नदेखाउदा आफूहरु तालाबन्दी गर्न बाध्य भएको त्रिविका बिधार्थीले जनाएको छ। ज्ञापन पत...