Skip to main content

Posts

लियो क्लब अफ नुवाकोट परोपकारले गरे १८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण।

नुवाकोट-डिलबहादुर लामा।लियो क्लब अफ नुवाकोट परोपकारले १८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।मङ्गलबार नुवाकोटका विभिन्न नौ विद्यालयमा अध्ययनरत १८ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्ति वितरण गरिएको हो ।उक्त कार्यक्रम लायन्स क्लब अफ काठमाडौं परोपकार र लियो क्लब अफ नुवाकोट परोपकारको संयुक्त आयोजनामा भएको थियो। सोहि कार्यक्रममा लियो जिल्ला परिषद अध्यक्ष लियो प्रकाश थापा क्षेत्री र डिष्ट्रीक्ट को चिफ एडभाइजर एवम् पढाऔं अभियान कमिटीका सदस्य पार्वती खरेल पाण्डेको प्रमुख आतिथ्यता रहेका थिए।विद्यार्थीहरुका लागि वर्षभरी विद्यालयमा लाग्ने विभिन्न शिर्षकका शुल्कहरु र विद्यार्थी पोशक,साथै उनिहरुलाई चाहिने शैक्षिक सामाग्रीहरु वितरण गरिएका थिए।आफुहरुलाई निशुल्क शिक्षा लिनकालागी विद्यालयमा तिर्नुपर्ने सबै किसिमको आर्थिक स्रोत,विद्यालय पोशक र शैक्षिक सामाग्रीहरु उपलब्ध गराइदिएकोमा उनिहरुले LEO CHILD PROGRAMME 2021/22LY  कार्यक्रमको आयोजकप्रती धन्यवाद व्यक्त गरेका थिए। क्लबले जिवनमा भुल्नै नहुने अभिभागत्व तरिकाले साथ सहयोग गरेको भन्दै विद्यार्थीहरुले खुशी  हुँदै धन्यवाद व्यक्त गरेका थ...

बुसोकुसेकिका कविता - श्रीराम श्रेष्ठ , कुरा मिलेको…🖊️

बुसोकुसेकिका कविता  - श्रीराम श्रेष्ठ  १, कुरा मिलेको खुसी साट्दै टाँसेको बिर्सेर आफै अँगालोमा कसिँदा चङ्गा बनेको मन मायाप्रेम फैलँदै । २, बग्रेल्ती काम रोकिएर रोकिन्न तनाव लाग्ने अँगालोमा दौडिँदै पार्न खोज्दा सकिन्न समय शक्तिशाली । ३, आँटिलो बन्दा गगन चुम्ने मन उच्च आकाङ्क्षा  तर्सेर मन खुम्च्यो आफैदेखि डराइ फेँदिमै लम्पसार । ४, निहु खोजेको समाति ढाल्नलाई  मनको लड्डु सपना बाङ्गिएको थुक निल्दै बसेको बुच्यो मन एक्लिँदा । ५, रणभूमीमा ढुङ्गा बनेको मुटु  वज्र बनेर छिचोल्दै टेडो बाटो  आफैमाथि आपत्ति  तर्सेर मन डरायो । ६, वर्षा याममा झरीले रुझाउँदा चिसो गाडियो मुटु काम्न खोजेको खस्दै होस गिमेको न्यानो खोज्यो मनले ।

सिजो कविता - श्रीराम श्रेष्ठ , समय पर्खिबसे साँझपख मनरोयो…🖊️

सिजो कविता- श्रीराम श्रेष्ठ  १, समय पर्खिबसे साँझपख मनरोयो बुझाएँ आफ्नै मन कसोगरी चित्तदुःख्यो दुखिद अनुहारले खोजिएछ सान्त्वना । २, सकेनौ माया दिन चुपचाप बसिरह्रयाै सम्झेको बेला तिमी लजाएको हुनुपर्छ पर्खिएँ लामोसमय सपनीमा रहेछु । ३, विश्वास गर्नेलाई घात गर्छौ जानिजानि कोमल हृदयमा चोटपुग्छ अनायस  हुँदैन  पछुताएर बाटो छेक्दै हिंडेछ । ४, शितल छहारीमा एक्लै बसी मनसाँटे हृदय जल्नथाले शान्ति छैन मनलाई  हानेछ छटपटिए एक्लैएक्लै भएछु । ५, राखेको तिमीलाई हृदयको छहारीमा ममता जगाउनु पर्ने थियो तिमीबाट  मरेको जीबन कथा अल्झिरह् यो हासेरै । ६, खोज्दैछु माया गर्ने मान्छेलाई यताउता सम्झेर बिर्सनेहरु खाल्टो खोज्दै मेरा लागि छोडेछ सम्झनालाई लत्याउदै  हिडेेछ ।

श्री दुईपिपल महिला साना किसान कृषि सहकारी संस्था लि.को ८ औं बार्षिक साधारण सभा सम्पन्न

दुईपिपल-नुवाकोट ।श्री दुईपिपल महिला  साना किसान कृषि सहकारी संस्था लि.को ८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साविकको दुईपिपलमा रहेको दुईपिपल महिला साना किसान कृषि सहकारी संस्थाले शनिबार बार्षिक साधारण सभा सम्पन्न गराएको हो । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०७८ संस्थाका अध्यक्ष पवित्रा घिमिरेले प्रस्तुत गर्नु भएको थियो । वि.स २०७० सालमा स्थापना भएको सहकारीको शेयर पुँजी १ करोड ३० लाख ५१ हजार  रहेको छ । सहकारीको नगद मौज्दात २ लाख ०७ हजार ५ सय ४८ रुपैंयाँ ७८ पैसा,बैंक मौज्दात ४७ लाख ०८ हजार ७ सय ७२ रुपैंयाँ ३३ पैसा,सदस्यहरमा ऋण लगानी ८ करोड २८ लाख ५६ हजार ८ सय ९२ रुपैंयाँ ४० पैसा, सहकारीको नाफा ३९ लाख २४ हजार रहेको सहकारीका प्रबन्धक रमेश कुमार श्रेष्ठले जानकारी दिनु भएको छ । संस्थामा अहिले १४४ वटा समुह तथा ९४९ जना शेयर सदस्य रहेका छन्।कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान समेत गरेको सहकारीका प्रवन्धक श्रेष्ठले बताउनु भयो । कार्यक्रमा बेलकोटगढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अन्तराम नेपाल, श्री दुईपिपल महिला साना किसान कृ...

कविता-समयको नियति - श्रीराम श्रेष्ठ

कविता  समयको नियति  - श्रीराम श्रेष्ठ  शून्यता लाग्छ आजभोलि  अलिअलि बाँचेको उज्यालो  दिन छँदै सूर्यास्त भयो उज्यालोको जन्म पुनः मिर्मिरे बिहानी हुनुपर्छ उज्यालो हुन नपाउँदै जूनको हत्या हुन्छ जूनको जन्म हुन पुनः साँझ हुनुपर्छ  समय परिवर्तनशील छ भोलि आज हुन्छ  आज हिजो हुन्छ हिजो बिगत हुन्छ निस्पट अँध्यारो भालेको डाकसँङ्गै उज्यालो हुन्छ  त्यही उज्यालोको नजिक पुग्दानपुग्दै समयले कोल्टे फेर्छ समयको नियत  अनि ध्रुब सत्यकुरा  म हिजो बालक थिएँ आज युवा छु भोलि वृद्ध हुन्छु अन्त्तत: म यो संसार म छाडेर   सदाको लागि बिदा हुन्छु ।       लेखेको मिति : २०५९/०३/२३

प्रथम ऐतिहासिक तादी महाेत्सव हेलिकप्टरबाट गाेसाइकुण्ड भ्रमणको व्यवस्था

नुवाकोट । तादि गाउपालिका र राष्ट्रिय संगीतकर्मी संघ तादी गाउपालिका कार्यसमितिकाे संयुक्त अायाेजनामा सञ्चालन भैरहेको प्रथम ऐतिहासिक तादी महाेत्सव तथा व्यापार मेला २०७८ मा विशेष अाकर्षणकाे निमित्त महाेत्सव स्थल खरानीटार नुवाकोटबाट गाेसाइकुण्ड सम्मकाे हेलिकप्टर भ्रमणकाे व्यवस्था रहेको छ । अत्यन्तै न्यून शुल्कमा हेलिकप्टरबाट पर्यटकिय तिर्थस्थल रसुवाको गाेसाइकुण्ड भ्रमणकाे लागि अायाेजक कार्यसमितिले व्यवस्था गरेको कार्यक्रमका संयाेजक चन्द्र कुमार तामाङ र उत्तम लामिछानेले जानकारी दिनुभएको छ ।

चु छि फाउन्डेसन र बोधिसत्व बिहारको सहयोगमा धुलिखेल ३ नयाँ गाउँमा खाद्यान्न वितरण

धुलिखेल।विभिन्न गाउँ टोल र जिल्ला हुँदै बिगट क्षेत्रहरूमा समेत  विविध किसिमका राहतका सामाग्री वितरण गर्दै जाने क्रम सञ्चालनमा रहेको छ।सहयोगी संस्थाका महत्त्वपूर्ण भूमिका निर्बाह गर्दै कान्छीमाया तामाङ फाउन्डेसनले धेरै ठाउँमा कार्य खाद्यान्न सामाग्रीका साथै स्वास्थ्य सामाग्रीहरु समेत वितरण गरिरहेका छन्। त्यस्तै धुलिखेल नगरपालिकाको वडा नम्बर ३ नयाँ गाउँ स्थित रहेका बासिन्दाहरुलाई पनि खाद्यान्न वितरण गरिएको छ।चु छि फाउन्डेसन र बोधिसत्व बिहारको सहयोगमा प्राप्त ७० खाद्यान्न सामाग्री कान्छीमाया तामाङ फाउन्डेसनको संस्थापक अध्यक्ष एवम् डाक्टर दिलबहादुर थोकर तामाङले जानकारी दिनु भएको छ।उक्त खाद्यान्न सामाग्री वितरणका लागि सहयोग गरिदिने स्थानीय समाजसेवी र  जनप्रतिनिधिहरुमा डाक्टर तामाङले धन्यवाद व्यक्त गरेका छन्।