Skip to main content

Posts

Showing posts from August, 2021

मनखुसी फाउन्डेसनकाे दुप्चेश्वर गाउँपालिका कार्यसमिति चयन संयाेजकमा बिकी लामा लाे

विशुद्ध समाजसेवाकाे निमित्त तत्पर मनखुसी फाउन्डेसनकाे नुवाकोटकाे दुप्चेश्वर गाउपालिका कार्यसमिति साेमबार गठन भएको छ । फाउन्डेसनको जिल्ला सभापति एवम् संयाेजक करण तामाङ साथमा अग्रज राजनीतिज्ञ एवम् समाजसेवी , कलाकारहरुकाे उपस्थितिमा गठन गरिएको हाे । फाउन्डेसनको पालिका संयाेजक एवम् जिल्ला सदस्यमा कलाकार बिकी लामा लाे निर्विरोध चयन भएको छ । यसैगरी सचिवमा पुजा तामाङ  र सदस्यहरुमा फूलमाया तामाङले , कान्छी तामाङ  , निरुता तामाङ चयन भएका छन् । शिक्षा  , स्वास्थ्य , खेलकुद , कला , साहित्य लगायतका क्षेत्रमा विभिन्न ढङ्गबाट टेवा पुर्‍याउदै समाज सेवालाई अघि बढाउने उदेश्यले फाउन्डेसनले अाफ्नाे कार्यक्षेत्र वृहत् बनाउदै जिल्ला तथा गाउँ/नगरपालिका गठनलाई तिव्रता दिएका छन् । यसै क्रममा नुवाकोटकाे सबै स्थानीय पालिकाहरु गठन प्रक्रिया सुरु गरेको हाे । यसअघि नुवाकोटको सूर्यगढी गाउपालिका गठन भए पश्चात्  जिल्लाकाे याे दाेस्राे स्थानीय पालिका गठनकाे हाे ।

सिजो - श्रीराम श्रेष्ठ,जिन्दगी क्षणिकता बाँच्नु पर्छ हासिखुसी…✍️

सिजो - श्रीराम श्रेष्ठ  १, जिन्दगी क्षणिकता बाँच्नु पर्छ हासिखुसी रिसले शत्रु बढ्छ भलो हुन्न कसैलाई  मिलेर बसिबियालो आत्मीयता सबैमा । २, संसार चिहाउँदा दुई दिने घामछाया अडान लिइबस्दा उमेरले नेटो काट्यो बुझेर जीवानलाई अघि बढ्दा सुगन्ध । ३, समाज ब्यतिथिमा अत्याचार बढ्दै गयो भएन नियन्त्रण डरलाग्दो परिबेश झस्किन्छु सधैं जसो नै आफैंदेखि डराए । ४, लिएर चोखो माया तिमीलाई साच्दै राखे निष्ठुरी बनेपछि एकलब्य बन्दै गए मनमा सपना बुन्दै कुर्दै बसे टाेलाई । ५,                           त्रिशूली बजारमा घुमिघुमी बिताएको मनमा धेरै कुरा साँझ पख बटुलेर समय बितिगएछ एक्लैएक्लै फर्केछु । ६, घुमियो भेडेटार मनलाई आनन्द भो पहाडी थुम्कोलाई हेर्दाहेर्दै रात पर्‍यो  गरियो दृश्य चुम्बन नमेटिने अाँखाले ।

Miss and Mrs indigenous season 2 काे फाइनलमा भिड्दै नुवाकोटकि नम्रता लामा

नुवाकोट । मिस एण्ड मिसेस इन्डिजेनस सिजन टु काे फाइनलमा नुवाकोटी नम्रता लामा प्रतिस्पर्धा गरिरहेकि छिन् । एस के इन्टरटेन्टमेन प्र.लीकाे अायाेजनामा भैरहेको प्रतियोगितामा मिस इन्डिजेनस तर्फबाट प्रतिस्पर्धामा रहेकाे कुरा लामाले जानकारी गराएका छन् । नम्रता लामा राष्ट्रिय संगीतकर्मी संघ तादी गाउपालिका नुवाकोट कार्यसमितिका महिला उपाध्यक्ष समेत रहेकाले उनलाई जिताउन साेही संगीतकर्मी संघ लागिपरेको छ । यही भाद्र १२ गते बालुवाटार अाेपेरामा प्रतियोगिताकाे फाइनल हुने भएको छ । प्रतियोगि नम्रता बताउछिन् "प्रतियोगिता जित्छु भन्ने हिम्मत र सहास लिएको छु हेराैँ माया कत्तिकाे पाउछु अनि म कत्तिको पाेख्त रहेछु ।"  नम्रतालाई राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटकाे पनि बलियो साथ देखिन्छ ।

राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटकाे नियमित बैठक शनिबार सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटको नियमित बैठक शनिबार सम्पन्न भएको छ । संघले राख्ने गरेको नियमित बैठक गत शनिबार हिमचुली लाेक मञ्जरी हल नेपालटार काठमाडौमा विविध छलफलका साथ  सम्पन्न भएको हाे । संघका बरिस्ठ सल्लाहकार शैलाप वाइबा , अध्यक्ष दिनेश तामाङ , प्रथम उपाध्यक्ष कुमार लामा , महिला उपाध्यक्ष अर्चना स्याङतान , सचिव करण तामाङ घ्लान र काेषाध्यक्ष रुपा एस घलेले बैठकलाई सम्बाेधन गर्नुभएको थियोे ।  संघले अागामी दिनहरुकाे प्रभावकारी याेजनाहरु तर्जुमा गर्न संघका सह सचिव शान्ति मम्बा , सदस्य फुलमाया तामाङ , सुबास थाेकर , जनक लामा , अार एन बिरही लगायतका पदाधिकारीहरुले जाेड दिएका छन् । विभिन्न चाडपर्वहरुलाई सम्बाेधन हुनेगरी कार्यक्रमहरु अगाडि बढाउने लगायतका विविध विषयमा छलफल भएको कुरा हाम्रो संवाददाताहरूसँग कुरा गर्दै संघले जानकारी दिएका छन् ।

कविता -स्वप्न सोचाइहरु- श्रीराम श्रेष्ठ

कविता स्वप्न सोचाइहरु श्रीराम श्रेष्ठ   परिवर्तित समयको छेउमा  बामे सर्दा गम्भीर सोचाइमा  टक्क अडिन पुगेछु लर्बराइरहेका खुट्टाहरु अघि बढ्दा  ठुला ठुला आगाका मुस्लाहरु बाफिएर नजिकिदिन्छ गन्तव्यहिन बनिदिन्छन् पाइलाहरु तरङि्गत यो मन डरको त्रासले लगलगी कामेको छ  कता कता यी आगाको मुस्लाको पोलाइले यो मन डढेर खरानी बनी  हावाको गतिसङ्गै भुमण्डलमा  मिसिने त होईन ? बारम्बार त्रासदी बनेको छ यो मन युग परिबर्तनसङै्ग जीवनको उत्तरार्धमा अल्झेको यो मानव शरीर  झिनो आशामा बाँच्न लालयित छ सोच मग्न समयहरु बित्दैछन् समयको अन्तरालमा समयको उपभोग गर्न खोज्दा समय नै टाढा भइदिन्छ अन्तरहृदय भित्र फैलिएका सोचाइहरु बिस्फोटन हुन खोज्दा खोज्दै  अपरझट रोकिएको छ चुम्बकीय आकर्षणको जोडाइझैँ कता यी मनगढन्ते सोचाइहरुले अतीत बनेर  भत्भती पोल्ने त होईनन् ? स्वप्न सोचाइहरु पूरा नहुने हो भने बाँचेको नै के अर्थ रह्यो र सोचमग्न छ यो मन कहिलेसम्म स्वप्न बनिरहने हो यी मनका सोचाइहरु दिन प्रतिदिन झाङि्गदैछन् मलाई लाग्छ सोचाइहरु परिबर्तन हुन्छन्  तर, हिजोको सोचाइ जस्तो छ त्यस्तै ...

नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता चुनाव चिह्न खुला किताब

काठमाडौँ — नेकपा एमाले विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ । पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चाैधरीले जानकारी दिए । 'निर्वाचन आयाेगले दर्ता गरेको छ । अब प्रक्रिया अगाडि बढेको छ,' उनले भने 

कविता-गन्तब्य-श्रीराम श्रेष्ठ, दृश्य /परिदृश्य…

कविता-गन्तब्य-श्रीराम श्रेष्ठ  दृश्य /परिदृश्य जीबनको गोरेटोमा टहटह जून चम्केको जुनेली रात एक तरह बजेको आवाज  यताउता सबैतिर झरनाहरु सुसाइरहेका छन्  गुन्जायमान छन् नदि नालाहरु चम्किरहेका छन् आकाशमा ताराहरु यी गाउँ /बस्तिहरुमा सन्नाटा र मौनता  बस्ती पारी जङ्गलमा  सुनिन्छ रुखहरु सुसाएको यो दुःखान्त यात्रामा  एकैछिनको विश्राममा चिसो पवन चल्दा मनै प्रफुल्ल भइदिन्छ एकैछिन दुःखी मनलाई बिसाउदा एकोहोरो टोलाउन पुगेछु अाँखा वरिपरि  किरमिरे धर्साहरु नियाल्दा नियाल्दै अनायास यो मन आकुल व्याकुल  मडारिएको बादल  अनि आँधिबेरी जस्तै बाफिएका मनका भावना  जर्जर र आक्रान्त  उन्मक्त भइदिन्छ पीडा र वेदनाले छ्टपटीएकाे मन एक्कासी बिष्फोटन हुन खोज्छ अफसोच मन आफै स्वतन्त्र भई पुनः मन तरल भैदिन्छ भावनामा लागेका चोटहरु मननमश्तिश्कमा कुरा खेल्दा अनायास बज्रपात हुने गरी छिचोलिदिन्छ ज्वालामुखी बिस्फोटन भए जस्तो क्षतबिच्छेत हुने गरी  अनि कताकता अलमलिएको यात्री झै मान्छे मान्छेको भीडमा दोबाटोमा /चौबाटाेमा अनि बिरानो ससारमा म आफैलाई बिर्सन्छु भौतारिदै हिड्छु कहिल...

अफगानिस्तानबाट एक सय २७ जना नेपाली काठमाडौं आइपुग्यो।

अफगानिस्तानबाट एक सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन्। तीमध्ये १२६ जना पुरूष र एक जना महिला छन्। अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत र त्यहाँबाट चार्टर्ड विमानमार्फत् मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। उनीहरू जजिरा एयरलाइन्समार्फत् आज बिहान १० बजेर १६ मिनेटमा विमानस्थल आइपुगेका हुन्। काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले चार्टर्ड जहाजमा काठमाडौं पठाएको हो। उनीहरूको स्वागत गर्न काठमाडौंस्थित अमेरिकी दूतावासका कमर्चारी विमानस्थल पुगेका थिए।  काबुलस्थित अमेरिकी मिशनमा कार्यरत हाम्रा साथीहरू तथा गठबन्धनका सहकर्मीहरूसँग काम गर्नुभएका नेपालीहरू मध्ये पहिलो उडानमार्फत आउनुहुनेलाई सकुशल काठमाडौंमा स्वागत गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो। हामी यहाँहरूको सुरक्षा लगायतको सेवाको लागि अत्यन्तै कृतज्ञ छौं। धेरै धन्यवाद।🙏  pic.twitter.com/CyM7TqTdQw — U.S. Embassy Nepal (@USEmbassyNepal)  August 17, 2021   उनीहरूलाई नेपाली सेनाले सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लैजाने तयारी गरेको छ। ‘उहाँहरूलाई नेपाल सरकारको प्र...

आज साउनको अन्तिम सोमबार आरुकोटे शिव मन्दिरमा भगवान शिवको पूजा आराधना गरि मनाइयो।

बेलकोटगढी-४,नुवाकोट। आज साउन महिनाको अन्तिम सोमबार भगवान शिवको पूजा आराधना गरि मनाएको छ । हिन्दू नेपाली नारीहरुले आज भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् । यस वर्ष कोरोना महामारीका कारण मन्दिरहरु खुल्ला नभए पनि मन्दिर बाहिर भक्तजहरुको भिडभाड रहेको थियो।पशुपतिनाथ लगायत अधिकांश मन्दिरहरु बन्द हुँदा पनि श्रद्धालु भक्तजनहरुको मन्दिर आसपास बाक्लो उपस्थिती रहेको थियो। साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् । काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर शिव मन्दिर लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । यसैबीच चितवन, नवलपरासी र नुवाकोटको बेलकोटगढी-४ सुवेदी गाउँमा रहेको आरुकोटे शिव मन्दिरमा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने गरिन्छ । साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित...

चोका कविता - श्रीराम श्रेष्ठ

चोका कविता  - श्रीराम श्रेष्ठ  हिमाली आँखा प्रफुल्ल भइदिंदा भुलेको दु:ख पोखिएको सौन्दर्य  जिस्क्याइदिन्छ देखेको मोहकता कष्ट सहेर प्रकृतिसँग रम्दै साइनो जोड्दा स्वर्गतुल्य आनन्द हौसेको खुसी  शिखर चुम्न खोज्दै चञ्चल मन दु:खको भारी बोक्दा मिलेको सुख गर्भिलो अनुभूति  दु:खको आँसु जीवनमा पोखिंदा बाँच्नुको अर्थ चुमेको सार्थकता नौलो बिहानी उज्यालो मुहारमा हासो फिजिंदा तानिएछ लोभले टाँसिन खोज्ने कोमल हृदयमा वचनको प्रहार एकलव्य बनेर छाया पर्दामा सुस्ताएको जोवन माया बन्यो बिरानो ।

"बादल पारी" करण तामाङ सायरकाे नयाँ बुसाेकुसेकीकाहरु

एक) बादल पारी क्षितिजको रंगमा मन छाेएछ गाेधुलि साँझहरु पराई हैन अाफ्नाे  एकान्त त्याे दृश्यमा । दुई ) टाेलाउँदै छ झरी परेको रात माधुर्य तन बलेसीकाे तप्कनाे त्याे झ्यालकाे अाडमा सुस्तरी यादहरु । तीन) छातीमा अाउ बेरिनु है बेस्सरी  अंगालो भरी हल्का उडायाे केस शिर उठाइ हेर्नू निर्दाेष अाँखाहरु । चार) सुनसान छ बन्द नयनहरु  एकान्त बाँस शान्तसँग बगेको  अाँशुका डाेराहरु सानुकै खाेजीमा हाे ।  पाँच ) याद मसँग  हरपलकाे चिनाे नयाँ भैदिन्छ मृत्यु भएको अाश अात्म बनी उभियाे म फेरि मारिदिउँ ! छ) बस्छु पर्खेर प्रेमका टुक्राहरु बटुल्दै रहेँ टाढानै जानू भन्छाै जीवन कहाँ फालुँ कान्छू तिमी नभए । सात) पर्देशी माया याे हृदय हेरेनाै शंका बढायो  एक गाँस मुखमा अाँशु बग्छ यादले कसरी निलुँ अब ।

चोका कविता - श्रीराम श्रेष्ठ, जीवन यात्रा…🖊️

चोका कविता     - श्रीराम श्रेष्ठ  जीवन यात्रा  असफल भइदा हासेको दुःख पर्खाइ बिहानीको कालो छायामा अन्धकार पोखिंदा आँखा चिम्लेको निम्तेको आपतमा पसेको डर उज्यालो आगमन खुशीको क्षण भावुकिएर रुदै संसार जित्ने मनोभाव लिएको टुट्यो आकांक्षा अर्काको प्रगतिमा रिस गर्नेले धरापमा आफैं नै बिरानो लाग्ने चुम्बकीय टसाई शङ्का उब्जिदा द्वन्दको दलदल भुमरी पर्दै भासिएको मन उठ्न खोज्दामा भाँचिएको विचार  थुप्रेको घृणा  भाग्यले ठगेपछि लाग्यो अचम्म पत्याउन मुस्किल वज्रपात आफैंमा ।