Skip to main content

Posts

बेलकोटगढी-४ मा पुर्व वडा अध्यक्षदेखि युवा तथा समाजसेवीबिच कडा प्रतिस्पर्धा हुँदै।

बेलकोटगढी-४।नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर -४मा बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागी वडा अध्यक्षमा विभिन्न पार्टीको तर्फबाट उम्मेदवारी परेका छन्।नेपाली काङ्ग्रेसको तर्फबाट युवा तथा समाजसेवी भुबिन्द्र बहादुर बानियाँ,नेकपा माओवादी केन्द्रबाट पुर्व वडा अध्यक्ष चन्द्रबहादुर लामा,नेकपा एमालेबाट पदम बहादुर भुजेल,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ललित बहादुर बस्नेत र आमूल परिवार पार्टी मसिहबाट जेम्स तामाङ रहेका छन्।वडा तहको निर्वाचनमा उनिहरुबिच कडा प्रतिस्पर्धा हुँदैछ। आ-आफ्नै पक्षमा रहेका नागरिकहरुबाट आआफ्नो उम्मेदवारीको जित सुनिस्चित छन् भनिरहेका बेला कसले जित्छ भन्ने कुराको नतिजा भने पक्कै निर्वाचनको पर्खाइ बाहेको अरु बिकल्प छैन।काङ्ग्रेसको तर्फबाट रहेका उम्मेदवार बानियाँ सामाजिक कार्यमा निक्कै मजबुत देखिन्छ भने पुर्व वडा अध्यक्ष लामा पनि सोझा राजनीति र भ्रष्टाचारीको कुनै साङ्केतिक लक्षण समेत नरहेको सलिन नेताको रूपमा परिचित छन्।त्यस्तै एमालेका नेता भुजेल भने पसल ब्यवसायी एक व्यक्तित्व हुन् र राप्रपाका बस्नेत भने एक होनहार युवा नेताको रूपमा लिन सकिन्छ साथमा आमूल परिव...

आमूल परिवर्तन मसिह पार्टीकोको बेलकोटगढी नगर प्रमुखमा तामाङको उम्मेदवारी

बेलकोटगढी।स्थानीय तहको आउदो बैशाख ३० गते हुने चुनावको लागि सबै राजनीति दलहरुबाट धमाधम आ-आफ्नो पदका लागि उम्मेदवारी दर्ता गर्ने काम जारी रहेको छ।त्यस्तै युवा तथा समाजसेवी साथै पिपल चौतारीका अध्यक्ष सोम तामाङले आमूल परिवर्तन मसिह पार्टीको तर्फबाट बेलकोटगढी नगरपालिकामा प्रमुख पदका लागि उम्मेदवारी दर्ता गरेको तामाङले जानकारी दिएको छ।स्थानीय गाउँ क्षेत्रमा विकासका लागि युवा नेतृत्व खाचो भन्दै भाबी योजनाको साथ आफ्नो उम्मेदवारी दर्ता गरेको उहाँको भनाई छ। नगरप्रमुखका उम्मेदवारी तामाङ बेलकोटगढी नगरपालिका वडा ४ सालखर्क,नुवाकोट स्थायी बासिन्दा हो।

बे.न.पा.६ मा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षमा इन्द्रबहादुर लामाको उम्मेदवारी

बेलकोटगढी-६ । आसन्न बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता इन्द्र बहादुर लामा उम्मेदवार बनेका छन् । यो नगरपालिकामा सत्तारुढ दलहरुबीच गठबन्धन गरिएको छ । उनी उक्त वडामा गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुन । लामोसमयदेखी कांग्रेसको राजनीतिमा सक्रिय उनी नुवाकोटमा चर्चित नेता हुन । स्थानीयस्तरको विकास निर्माण, महिला सशक्तिकरण लगायतका समाजिक सेवामा सक्रिय लामा मिजासिला स्वभावका कारण नुवाकोटमा निकै लोकप्रिय छन् । सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएका नेता लामाले यसअघि कयौ पटक नगरपालिकाको मनोपोली र हेपाह प्रवृत्ती विरुद्ध स्थानीलाई एकजुट गरी खबरदारी गरेका छन् । विकास र जनताको हितमा सदैव लागिरहने व्यक्तिलाई वडाकाे जिम्मेवारी दिएकोमा स्थानीय समेत निकै खुसी छन ।

बेलकोटगढी नगरपालिकामा गठबन्धनका उम्मेदवार टुंगियो।मेयरमा लामा र उपमेयरमा दाहाल

बेलकोटगढी । जिल्लाको बेलकोटगढी नगरपालिकामा गठबन्धनले उम्मेदवार टुंग्याएको छ । मनोनयनको लागि निर्वाचन आयोगले तोकेको केही समय मात्र बाँकी रहँदा गठबन्धनका तर्फबाट मेयर र उपमेयरको टिकट फाइनल भएको हो । जसअनुसार मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता जगत बहादुर लामा र उपमेयरमा कांग्रेसबाट शिव दाहाल रहेका छन् । लामो छलफल र रस्साकस्सीपछि गठबन्धनले उम्मेदवार टुंग्याएको हो । गठबन्धनबाट मेयरको उम्मेदवार बनेका लामा गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट मेयरको प्रत्यासी रहेका थिए । भने उपमेयर दाहाल नेपाली कांग्रेस नुवाकोटका पूर्व सचिव हुन् । लामो छलफलपछि गठबन्धनका तर्फबाट आफू उपमेयरको उम्मेदवार बनेको र मनोनयन दर्ता समेत गराएको दाहालले बताए ।

नेपाली काङ्ग्रेस बेलकोटगढी-४बाट वडा अध्यक्षमा भुबिन्द्र ब. बानियाँको मनोनयन दर्ता।

बेलकोटगढी-४।नुवाकोटको बेलकोटगढी-४ का नेपाली काङ्ग्रेसद्वारा सोमबार मनोनयन दर्ता गरेका छन्।वडा अध्यक्षको उम्मेदवारमा युवा तथा समाजसेवी भुबिन्द्र बहादुर बानियाँ लगायत चार जना सदस्यहरु रहेका छन्।जसमा जमुना दर्जी ,जुनिमाया तामाङ,प्रदिप गुरुङ र शुक्र बहादुर लामा रहेका छन्। सामाजिक कार्यमा अग्रसर रहेका स्वच्छ हृदयी असल व्यक्तिव बानियाँ वडाबासीको जनचाहना र अपेक्षा सहित वडा अध्यक्षमा सर्व सम्मतले सिफारिस भएको थियो।जनप्रतिनिधिको भूमिका अगावै गाउँ गाउँमा सडक सञ्जालका कार्यहरूदेखि लिएर संघ सस्थाहरु, दिन दुखी समक्ष थुप्रै सहयोग गर्दै आएका छन्।उम्मेदवारी सबैजनामा अग्रिम बधाई तथा सफलताको शुभकामना!जय नेपाल

स्थानीय चुनावमा समाजसेवी लामालाई जिताउन सामाजिक सञ्जालदेखी टोलटोलमा चर्चा

नुवाकोटको बेलकोटगढी नगरपालिकामा यतिबेला स्थानीय निर्वाचनको सरगर्मी बढिरहेको छ । सत्ता गठबन्धन र एमालेको प्रतिस्पर्धा हुने बेलकोटगढीमा सत्तागठबन्धनमा रहेको माओवादी केन्द्रको भागमा परेको छ । गठबन्धनले विदुरको नगरप्रमुखमा कांग्रेसलाई र बेलकोटगढीमा माओवादी केन्द्रले पाउने सहमती गरेको छ । यसैबीच बेलकोटगढीमा माओवादी केन्द्रबाट आधा दर्जनले मेयरको लागी दावी गरिरहेका छन् । यसभन्दा अघि पनि नगरप्रमुखको उम्मेदवार रहेका जगत लामाको चर्चा रहेको छ । स्थानीयले समेत साझा व्यक्तिको रुपमा जगत लामालाई बुझेका छन् । नगरवासीले विगतमा गल्ती गरेर लामालाई जिताउन नसक्नु कमजोरी रहेको भन्दै यतिखेर पार्टीभन्दा माथी उठेर लामालाई जिताउन अघि सर्ने बताउछन् । उनलाई जिताउन पर्ने कारणसहित यतिबेला सामाजिक सञ्जाल र टोल तातेको अवस्था छ । बेलकोटगढीलाई कस्तो बनाउने,यहाँको जनतालाई कसरी सम्मृद्ध बनाउने, विकासका पुर्वाधार कसरी अघि बढाउने ? राज्य स्रोतबाट मात्रै नभइ दातृ निकायलाई समेत साथमा लिएर स्वदेशी र विदेशी लगानी भित्र्याएर नमुना बेलकोटगढी नगरपालिका बनाउने भिजन,मिसन र दृढ संकल्प जगत लामासंग रहेको छ । यी निम्नलिखित कारण लामालाई...

बेलकाेटगढी नगरपालिका मेयरमा २३ वर्षिय युवालाई अघि सार्दै नेकपा समाजवादी । चुनाव चिन्ह "कार"

नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी समाजवादीले बेलकाेटगढी नगरपालिका मेयर पदकाे उमेदवारमा २३ वर्षे युवालाई अघि सारेका छन् । बैशाख ३० गतेकाे निर्वाचनकाे निमित्त बेलकाेटगढी मेयरमा नेकपा समाजवादी नुवाकोट जिल्ला समिति सचिव एवम् पत्रकार महासंघका केन्द्रीय सदस्य करण तामाङलाई उमेदवारी घाेषणा गरेका हुन् । नयाँ विचार नयाँ साेच र युवा नेतृत्व आजकाे आवश्यकता महसुस गर्दै तामाङलाई अघि सारेकाे समाजवादीले जनाएको छ । चुनाव चिन्ह कार लिएर बेलकाेटगढीकाे सुनाैलाे भविष्यकाे परिकल्पना गर्दै उमेदवारी दिएकाे हाे ।