काठमाडौं ।काठमाडौंको मेयरको उम्मेदवार घोषणा भएपछि बलेन शाहले पोडकास्ट अन एयर विथ सञ्जयमा भनेका छन् ।”पैसाको लागी उठ्यो भनेर कसैले सोच्छ भने, ५ तलाको घर छ मेरो काठमाडौंमा सिधै भन्छु, मैले २५ वर्ष हुँदादेखि गाढी चढ्या हो आफैँले कमाएर, पैसाको लागि त हुँदै होइन । मैले गित गाउँदा पनि पैसा आँउछ, डिजाइन गर्दा पनि पैसा आँउछ, सुपरभिजन गर्दा पनि पैसा आँउछ, कन्स्ट्रक्सन लिएर गर्दा पनि पैसा आँउछ, मैले इन्ड्रोसमेन्ट गर्दापनि पैसा आँउछ। मैले कहिँनिर बोल्दिदा पनि पैसा दिन्छन आजभोली त। जे गर्दापनि पैसा आँउछ भनेपछि त्यो पैसाको लागि होइन । अनि नामको लागि त पहिल्यै म्युजिक गरिरहेकै छु, मान्छेले गित सुनिरहेका छन्। चाहिने जति सबैले चिन्नु भएकै छ, त्यो नामको लागि पनि होइन । यो चाहिँ के को लागि हो भन्दा मलाई चाहिँ मेरो बच्चा बेलामा टिचरहरुले के भन्नु भयो भन्दा सेवा गर्नलाई, काम गर्नलाई पद चाहिदैन भनेर सिकाउनु भयो तर त्यो पदमा नालायकहरु बसेको पनि देख्न सकिदैन भन्ने कुरा चाहि सिकाउनु भएको थिएन, मलाई चाहिँ अब त्यो फिल भएको हो !ठिक छ पद चाहिदैन काम गर्नको लागि, अहिलेसम्म त काम गरिरहेकै छु तर त्यो पदमा...