Skip to main content

Posts

"Working Together To Prevent Suicide" "Say To No suicide ,say to no suicide "

Nuwakot-"Working Together To Prevent Suicide" "Say To No suicide ,say to no suicide " Setember is suicide prevention awareness month ,a time to raise awareness about this taboo and stigmatized subject .the month is used to promote hope and essential information to those who have been impacted by suicide ,with objective of ensuring that individuals ,friends and families have access to the tools they need to talk about suicide prevention and look for help. Word suicide  prevention Awareness program is  successfullly completed on 10th sep at  Nuwakot Adarsha multiple campus , bidur,4,battar. The programme was co- ordinated by leo sagun sapkota ,secretary of LCN Sakura . Thank u all leo,s for your wonderful participation and enthusiasm . #ibeliveinteamwork  #createfuturetogether  #leadership  #socialservice  #fellowships  #leodistrictcouncil325i  #leoclubofnuwakotsakura  Leo club of Nuwakot Sakura

सिजो -श्रीराम श्रेष्ठ , बाध्यता भएपछि…

सिजो -श्रीराम श्रेष्ठ  १, बाध्यता भएपछि मौनताले लघारेको नियति समयको पार्नुपर्छ खाल्डोभित्र अँध्यारो बज्रिएपछि कालो भुँइ तर्सेछ । २, सम्झिन्छु हृदयमा गुम्सिएका इच्छाहरु जमेको पोखरीमा थुप्रिएको गन्धहरु रासले जबरजस्ती थिचेपछि झस्केछ । ३, आउँछ आँधिबेरी नदेखिने बहानामा मनका रहरमा नजिकिँदा लिसोसरि स्वार्थले लत्याएपछि मर्किएको भरोसा । ४, कमाएको समयमा स्वार्थपूर्ति गरिएन भएर एकलब्य बन्दै गर्दा सोझो बाटो  ढुकेर बलमिचाइ थेग्रिएछु पिँधमा । ५, शङ्कालु सानो मन कुरा धेरै बाटो छेक्ने सोचाइ आफै जल्छ सल्किएर तातेपछि पीडाले झाङ्गिएपछि समालिन नसक्ने । ६, आँखाले तान्दाव तान्दै घिसारेर फालिएको एक्लैले भेटेसम्म वामे सर्दै किनारामा ब्रह्माण्ड परिवर्तन आधिवेरी पछार्दै ।

२७ औं तामाङ चलचित्र प्रदर्शन दिवस सम्पन्न

काठमाडौं।२७ औं  तामाङ चलचित्र दिवस भब्यताका साथ बिहिवार सम्पन्न भएको छ।उक्त कार्यक्रमको बिच विभिन्न सास्कृतिक कार्यक्रमका साथ चलचित्रकर्मी र पत्रकारलाई सम्मान गरेका थिए।चाबहिलको चलचित्र बिकास बोर्डको हलमा भएको सोहि कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री  कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो। पहिलो तामाङ चलचित्र सेमरी छोरङानका कलाकार तथा चर्चित्र गायक रोज मोक्तानलाई स्वर्गीय जयनन्दश्री अवार्डबाट सम्मान गरिएको थियो।चलचित्र क्षेत्रमा विभिन्न बिद्या अन्तर्गत योगदान दिने चलचित्रकर्मी र संचारकर्मीलाई सम्मान गरेका थिए। जसमा चार दर्जन कथा लेखक तथा नायक रितुराज पाख्रीन, निर्माता भगवती मोक्तान, गितकार कुमार स्याङबा, संगितकार जोकलाल लामा, गायिका जितु लोप्चान, नायक टुल्साङ मोक्तान, नायिका निशा तामाङ घ्लान, चरित्र अभिनेत्री माया मोक्तान, चरित्र अभिनेता राजकुमार तामाङ, निर्देशक अजय स्याङतान, नृत्य निर्देशक सुनिल मोक्तान, छायाङकार बिक्रम मोक्तान, शृङ्गार बिना तामाङ, द्वन्द निर्देशक राजु किरात, सम्पादक दिपक लामा र पत्रकार तर्फ जगतमान बललाई सम्मान गरेका थिए ।   कार्यक...

सडक रकम अभावले निर्माण सुरु हुन नसकेको भन्दै मेयर लामा डिपिआर बोकेर मन्त्रालय

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिकाका मेयर जगत लामा ३७ किलोमिटर सडकको डिपिआर बोकेर शहरी विकास मन्त्रालय पुग्नुभएको छ । बाघखोरबाट गल्छी त्रिशूली केरुङ मार्ग जोड्ने ३७ किलोमिटर कोल्पुटार डबली दियाले बाघखोर सडक रकम अभावले निर्माण सुरु हुन नसकेको भन्दै मेयर लामा डिपिआर बोकेर मन्त्रालय पुग्नुभएको हो । मन्त्री मेटमणी चौधरीसँग भेटेर मेयर लामाले सो सडक योजनामा समावेश गरी नगरपालिकाको केन्द्रलाई मुल सडकसम्म जोड्ने मार्ग निर्माणमा सहयोग गर्न माग गर्नुभएको छ । भेटमा मन्त्री चौधरीले डिपिआरअनुसारको सडक निर्माणको सो योजना कार्यान्वयन गर्नका बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ। २०७५ सालमा शिला खनालको स्वरमा ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ बोलको पहिलो गीत रेकर्ड गराएका राईले पुनः मनमा बी राईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका हुन्। राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन्। ६ मिनेटको गीतको अडियो ओसन म्यूजिक नेपालको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ। ‘सञ्चो छ कि रोदन’मा स्वर दिएकी मनमा बी खोटाङकै उदीयमान गायिका हुन्। १० बर्से शिक्षण पेसा छाडेर २०७२ सालमा काठमाडौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७,दोर्पा,चिउरीडाँडाका राई साहित्य लेखन र पत्रकारितामा क्रियाशील छन्। गीतकार राई बालकथा,लघुकथा, हाइकु, मुक्तक, गजल, कविता जस्ता विविध विधामा उत्तिकै कलम चलाउँछन्। उनका बालकथासंग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन्। संयुक्त लघुकथासंग्रह ‘आजका लघुकथा’ २०७४ मा पाँचवटा र ‘संयोग’ २०७९ मा उनका तीनवटा लघुकथा समावेश छन् भने उनको लघुकथासंग्रह प्रकाशनको तयारीमा छ। रावासावा प्राज्ञिक समाज नेपालका सदस्य राई लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष पनि हुन्।

कविता - गन्तब्य श्रीराम श्रेष्ठ , दृश्य /परिदृश्य

कविता  गन्तब्य  श्रीराम श्रेष्ठ  दृश्य /परिदृश्य जीबनको गोरेटोमा टहटह जून चम्केको जुनेली रात एक तरह बजेको आवाज  यताउता सबैतिर झरनाहरु सुसाइरहेका छन्  गुन्जायमान छन् नदि नालाहरु चम्किरहेका छन् आकाशमा ताराहरु यी गाउँ /बस्तिहरुमा सन्नाटा र मौनता  बस्ती पारी जङ्गलमा  सुनिन्छ रुखहरु सुसाएको यो दुःखान्त यात्रामा  एकैछिनको विश्राममा चिसो पवन चल्दा मनै प्रफुल्ल भइदिन्छ एकैछिन दुःखी मनलाई बिसाउदा एकोहोरो टोलाउन पुगेछु अाँखा वरिपरि  किरमिरे धर्साहरु नियाल्दा नियाल्दै अनायास यो मन आकुल व्याकुल  मडारिएको बादल  अनि आँधिबेरी जस्तै बाफिएका मनका भावना  जर्जर र आक्रान्त  उन्मक्त भइदिन्छ पीडा र वेदनाले छ्टपटीएकाे मन एक्कासी बिष्फोटन हुन खोज्छ अफसोच मन आफै स्वतन्त्र भई पुनः मन तरल भैदिन्छ भावनामा लागेका चोटहरु मननमश्तिश्कमा कुरा खेल्दा अनायास बज्रपात हुने गरी छिचोलिदिन्छ ज्वालामुखी बिस्फोटन भए जस्तो क्षतबिच्छेत हुने गरी  अनि कताकता अलमलिएको यात्री झै मान्छे मान्छेको भीडमा दोबाटोमा /चौबाटाेमा अनि बिरानो ससारमा म आफैलाई बिर्सन्छु भौतारिदै...

मण्डो कविता,श्रीराम श्रेष्ठ

मण्डो कविता  श्रीराम श्रेष्ठ  केटा ... रम्न खोजेको सुनौलो भविष्यमा  समय कहाँ छ र ? केटी ... दु:ख बिर्सेर सुखको अनुभूति  परिस्थिति अँगाल्दै । केटा .. घडी जीवन  हेरेको कालचक्र के मृत्यु जितिन्छ र ? केटी .. आफ्नै रफ्तार फुलेको फूल रुपी मान्छेको कथाव्यथा । केटा .. आगो बनेर युद्ध मैदानमा उत्रे आफै जल्ने हो कि ? केटी ... मनमा शान्ति  हुँदैन रिसराग भइदिए निर्धक्क । केटा ... आत्तिदो मन बाँचेको नैतिकता  कसरी जोगाउने ? केटी ... गम्भीर हुँदै  कर्ममा होमिएको  चुलिएछ इज्जत !

रेंगा कविता श्रीराम श्रेष्ठ ,सामान्य लाग्ने…✍️

रेंगा कविता  श्रीराम श्रेष्ठ  सामान्य लाग्ने अँध्यारोसँग जुध्दै खोजेको सुख । समस्याको थुप्रोले थला परेको मन । अँध्यारो देख्दा आँखा चिम्म गरेर सम्झेको गल्ति । लाजलाई छोपेर बास खोज्न हत्तार । चोट र पीडा आत्मासात गरेको भाग्य रित्तिंदा । बेहाल जिन्दगीमा समस्याले छोपेको । सान्त समय लोलायका नयन आँखै दबेको । डरलाग्दो आवाज निरीह बलवान् । संकट पर्दा देख्यौ तानव नृत्य  निरीह बन्दै। खुम्चेर बस्दा बस्दै विस्फोट मनोभाव ।

चोका कविता -श्रीराम श्रेष्ठ नौलो संसार…✍️

चोका कविता  -श्रीराम श्रेष्ठ   नौलो संसार सपनाबाट बिम्झे चर्को आवाज चारैतिर पर्खाल आँखा उघार्दा सोचाइ अलमल्ल  तनाव लिदा एकोहोरो मनमा नैराश्यताले उजाडिएको रुप हासौ कसरी  परिवर्तित दिन अतीत रोयो कालो पोतेको दृश्य  थुप्रेको डर खुम्चेर बस्दा बस्दै मौन समय टाउको उठाउँदा लाज हुत्तेर तगारो बनेपछि  बनेको स्तब्ध समयले लघार्दा दु:ख च्यापेर पीडाको भारी बोक्दै हिड्न खोजेको अन्त्यहिन गन्तव्य  दोधारे हुँदा  भक्कानिदै रोएको भड्केको मन भुइँको छाया हेर्दा  आफैदेखि डराए ।

शनिबार बिहान ५ बजेर २६ मिनेटमा गयो ५.३ म्याग्निच्युडको भुकम्प नुवाकोटको बेलकोटगढीमा केन्द्रबिन्दु

बेलकोटगढी।नुवाकोट बेलकोटगढी केन्द्रबिन्दु बनाएर ५.३ म्याग्‍निच्यूडको भुकम्प गएको हो । भुकम्पको धक्का भने आसपासको जिल्लाहरुमा समेत  महसुस भएको छ ।  शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको गएको भुकम्प मापन केन्द्रले जनाएको छ । साउन १५ गते खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ ।

``च्याँखे दाउ´´ मा सबै भाषा समाबेश ।

हलेसी अनलाई मिडिया ग्रुपको प्रस्तुती रहेको टेलि सिरियल ``च्याँखे दाउ´´ हलेसी अनलाईन मिडिया युटुब च्यानल बाट सार्वजानिक भएको छ । टेली सिरियलमा नेपाली भाषा, तामाङ भाषा, राई भाषा, नेवारी भाष लगायत विभिन्न जनजातीको भाषा एउटै टेली सिरियलमा हेर्न सकिने निर्देशक जयन कुमार मोक्तान नेपालमै पहिलो रहेको दाबी गर्दै जनाकारी दिनु भएको छ । निर्देशक मोक्तानकै कथा, छायांकन र सम्पादन रहेको यस टेलि सिरियलमा जयन कुमार मोक्तानकै शिर्ष गित रहेको छ भने त्यसै शिर्ष गितलाई आर.बी. सिङतानले संगित तथा संगीत संयोजन गरेको छ । आर.बी. सिङतान र प्रमिला राईले शिर्ष गितमा स्वर दिएको छ भने यस टेली सिरियलमा कबिर सेन्चुरी, प्रमिला राई, अर्जुन श्रेष्ठ, एलेक्स महर्जन, संगिता खडकी, अजय पुतुवार, रोजि जोशी, रोजनेन शर्मा, चित्र कुमार निरौला, अस्मिता अधिकारी, हेम लामा, मेनुका कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।  https://youtu.be/SenZT1nmgvg

कटौता - श्रीराम श्रेष्ठ , फर्केर हेर्दा…✍️

कटौता - श्रीराम श्रेष्ठ   १. फर्केर हेर्दा भ्रमै भ्रमको छाया तर्साउँदा झस्केको । 2. टाँसेको मन चर्केर छरिएछ कुल्चेका टुक्राहरु । 3. गर्मीले हप्प चिसो खोजेको मन बगर नै तातेको । 4. किनारा छेक्दै उभिएको विश्वास शङ्का नै टुसाएछ । 5. फरक मन जोडिएको सपना माया घचेटी दिँदा । 6. अल्लारे बैँस उत्ताउलो आकाश माया खोज्न पल्केको ।

कटौता - श्रीराम श्रेष्ठ,आफ्नै सम्झेर

कटौता - श्रीराम श्रेष्ठ   १. आफ्नै सम्झेर दिलमा टाँसी राख्दा जोडेको छटपटी । २, तातो समय मुसलधारे पानी भिजाउँदा निथ्रुक्क । ३, सधैँ भत्किने गोलै गोल घेराको डोरीले तन्काएको । ४, खोक्रो जीवन पलाउँदै झरेको हावाले गुम्स्याउँदा । ५, खरो वचन आडम्बरी ससार एक्लो हुँदाको मन ।

कराँते संघबाट कराँते राष्ट्रिय निर्णायक करण तामाङ नुवाकोटमा सम्मानित

नुवाकोट । नेपाल सितोरियो कराँते संघ जिल्ला शाखा नुवाकोटबाट कराँते जिल्ला प्रमुख प्रशिक्षक उत्तम राई , राष्ट्रिय निर्णायक करण तामाङ सहित अाधा दर्जन भन्दा बढी नुवाकोटका कराँते प्रशिक्षक साथै राष्ट्रिय रेफ्रिहरु सम्मानित भएका छन् । नेपाल सितोरियो कराँते संघ जिल्ला शाखा नुवाकोट , ब्ल्याक बेल्ट कमिटी नुवाकोट र नुवाकोट भरीका कराँते डाेजाेहरुकाे संयुक्त अायाेजनामा गुरु पुर्णिमा विशेष शुभकामना अादानप्रदान तथा विविध साँस्कृतिक समारोहका बिच सम्मान गरिएको हाे । थप सम्मानित हुनेहरुमा राष्ट्रिय निर्णायक राष्ट्रिय रेफ्रि  कराँते प्रशिक्षक कलाकार साहित्यकार श्री करण तामाङ , राष्ट्रिय रेफ्रि राष्ट्रिय निर्णायक श्री अष्टविर लामा , म्यागाङ गा पा कराँते डाेजाे प्रशिक्षक साथै राष्ट्रिय रेफ्रि श्री अमृत तामाङ , राष्ट्रिय खेलाडी प्रज्ज्वल तामाङ , राष्ट्रिय रेफ्रि शेखर थपलिया , विजय गुरुङ , तारकेश्वर डाेजाे प्रशिक्षक देव कुमार लामा , विदुर डाेजाे प्रशिक्षक प्रास्ना पण्डित लगायतलाई बुधबार विदुर नुवाकोटमा सम्मान गरिएको थियोे  । कार्यक्रमलाई   प्रमुख अतिथिका रुपमा सम्बाेधन गर्न जिल्ला समन्वय ...

बुधबारबाट मतदाता नामावली अनलाइनबाटै दर्ता गर्न सकिने

काठमाडौं । बुधबारबाट मतदाता नामावली अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ । निर्वाचन आयोगले ‘भोटर लिस्ट रजिस्ट्रेसन’ सिस्टम तयार पारी बुधबारबाट परीक्षणकालीन रूपमा यस्तो सेवा सुरु गर्न लागेको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार पहिलो चरणमा यो सेवा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट सुरु हुनेछ । यससँगै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुने उनले बताए । बुधबारबाट सेवा सुरु हुने विषयमा आयोगले तयार पारेको विज्ञप्ति सुनाउँदै थपलियाले भने, “फोटो सहितको मतदाता नामावली सङ्कलन कार्यलाई सहजीकरण गर्दै अनलाइनबाट फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी आयोगले भोटर लिस्ट रजिस्ट्रेसन सिस्टम तयार गरी पाइलट सञ्चालनको रुपमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरबाट यही बुधबारबाट सुरु गर्दैछ ।” थपलियाका अनुसार फोटो सहितको मतदाता नामावलीमा दर्ता नगरेका नागरिकले आफ्नो नामावली दर्ता गर्न चाहेमा बुधबारबाट आयोगको वेबसाइटमा गएर व्यक्तिगत विवरण भरी अ...

नुवाकोटको दियालेमा लिभिङ वाटर नेपालद्वारा साठी घरधुरीलाई फिल्टर हस्तान्तरण।

दियाले।नुवाकोटको बेलकोटगढी नगरपालिका -४ दियालेमा आज बुधबार खानेपानी योजनाका साथै फिल्टर हस्तान्तरण गरिएको छ।लिभिङ वाटर नेपालद्वारा दियालेमा संचालित खानेपानी तथा सरसफाइ परियोजना-२०७८ सम्पन्न भएको हो।उक्त हस्तान्तरण कार्यक्रमको बिच प्रत्येक घरका लागि एक एक थान फिल्टर वितरण समेत गरिएको छ।सोही स्थानमा एक घर एक धारा निर्माण गर्ने क्रममा धार्मिक क्षेत्रहरु गुम्बा,छोर्तेन र चर्च गरि साठी ओटा धारा निर्माण गरिएका थिए।वैद्य वन मुहानगरी दियालेको बस्तीमा ल्याइपुर्‍याएको पानी दियाले लगायत आसपासका केही घर परिवारलाई सहितका बासिन्दाहरुका लागि पनि पानी व्यवस्थापन गरिएका छन्।सो कार्यक्रम श्री दियाले सिक्रेपिपल खानेपानी तथा उपभोक्ता समितीको अध्यक्ष चन्द्रबहादुर तामाङको सभापतित्वमा भएको हो। लिभिङ वाटर नेपालका कार्यकारी निर्देशक बिजय गुरुङको प्रमुख अतिथि रहेका थिए। अतिथि तर्फ फिल्ड प्राविधिक अर्जुन रोकाय ,फिल्ड अधिकृत आमोस तामाङ,जिल्ला संयोजक एनोक तामाङ,सवारी चालक विक्रम मगर, र स्थानीय युवा तथा समाजसेवी सोमबहादुर तामाङ,शेरब लामा,राजन सुवेदी,विजय तामाङ लगायत उपभोक्ताहरुका उल्लेखनीय उपस्थिति रहेका थिए।पार...

तामाङ चलचित्र संघ बागमती प्रदेशको सचिवमा करण तामाङ निर्वाचित

तामाङ चलचित्र संघ बागमती प्रदेशको पहिलो अधिबेशन असार १३ गते सोमवार काठमाण्डौको नाचघर जमल स्थित माननीय वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । आशमान तामाङको अध्यक्षमा २१ कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ । कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघका केन्द्रीय अध्यक्ष विक्रम जंग शाह ,  तामाङ चलचित्र संघका पुर्व अध्यक्ष जेनिश दोङ, तामाङ चलचित्र संघका उपाध्यक्ष जयन कुमार मोक्तान, तामाङ चलचित्र संघका उपाध्यक्ष दिपक तामाङ लामा, जनता समाजबादी तामाङ संघका महासचिव कान्छामान तामाङ लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको अतिथि रहेको थियो । देश निर्माणमा तामाङ चलचित्रको ठूलो योगदान हुन सक्ने र पर्यटन बिकासमा तामाङ चलचित्रले ठूलो टेवा पुराउन सक्ने समेतका मन्तव्यमा प्रमुख अतिथि माननीय वन तथा वातावरण मन्त्री राम सहाय प्रसाद यादव ज्यु ले बताउनु भएको थियो । जेनिश दोङको निर्वाचन मन्डल संयोजक र जयन कुमार मोक्तान, दिपक तामाङ लामा निर्वाचन मन्डल सदस्य रहेको अधिबेशनबाट अध्यक्ष आस्मान वाइबा, बरिस्ठ उपध्यक्ष धुर्ब सिंह तामाङ, उपध्यक्ष अनिता नेगि तामाङ, उपध्यक्ष राजक...

नेपाल सरकार राष्ट्रिय युवा परिषदकाे कला संगित तथा साहित्य सञ्जालकाे केन्द्रिय सदस्यमा करण तामाङ

नेपाल सरकार राष्ट्रिय युवा परिषदकाे कला संगित तथा साहित्य सञ्जालकाे केन्द्रिय सदस्यमा  करण तामाङ                                                नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद अन्तर्गत  कला , संगित तथा साहित्य सञ्जालकाे केन्द्रीय सदस्यमा नुवाकोटका करण तामाङ नियुक्त भएका छन्  ।  साेमबार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद सानाेठिमी भक्तपुरमा भएको युवा परिषदका भेला तथा समारोहले तामाङलाई केन्द्रीय सदस्यमा चयन गरेको हाे । कला संगित तथा साहित्य सञ्जालकाे कार्यसमिति संरचना अधिवेशन अनुरुप भएको थियोे । अध्यक्षमा लाेकप्रिय हाँस्यव्याङग्य कलाकार सुबाेध गाैतमले नेतृत्व पाएका छन् यसै साथ तामाङले पनि केन्द्रीय सदस्य बनेका हुन्  ।

Haibun By Shreeram Shrestha

Haibun Shreeram Stha 1. In the full moon day At Dupcheshwar Fair Exchanged the love! 2, When diving Depth of sea Dark pit! 3, Green land The whole Bhairamkot Remembered the ancestors! 4, The youthful river By making a noise Scary eyes! 5, The hot pond Hunted by tiredness  The shore floated! 6, Curving wave Running across blocking the road old mask 7, Close to the eyes After the Himalayas turns Heavenly feeling! -Trans: Saroj bogati

साहित्य सर्जक भगवती खनाल"सुनाखरी"द्वारा रचित-गजल-चोरलाई चोर…

चाेरलाई चाेर भन्दियाे भने रिसले चुर हुन्छ जाेरलाई जाेर भन्दियाे भने रिसले चुर हुन्छ। साेझाहरु मर त्यसै अव हेपि सदा गल्ती गर्न छाड घनघाेर भन्दियाे भने रिसले चुर हुन्छ। आफै सर्वेसर्वा ठान्नेले सम्मान गर्दैन कसैकाे गर्छु भण्डाफाेर भन्दियाे भने रिसले चुर हुन्छ। अन्याय खेप्न नसक्नेहरुले ढाेका खाेलेरै गर्छौँ ओहाेर दाेहाेर भन्दियाे भने रिसले चुर हुन्छ। मार्नेहरुले मारेर नि मरेन जिन्दगी बचाँउन नमान्नुस बाेर भन्दियाे भने रिसले चुर हुन्छ। भगवती खनाल (सुनाखरी) नुवाकोट