जापानी शैलीका डोडोइट्सुहरु       - श्रीराम श्रेष्ठ  १,  गुम्सिएर बसेको  मनका रहरले  पैंचो माग्न खोज्दामा  समय छोटो ।   २,  हेपाह प्रवृतिले  चिसो मन बनेको  न्यानो खोज्न आतुर  भिजेछ चुल्हो ।   ३,  लामो समय कुर्दा  आस्थाको विश्वासमा  निभ्न खोजेको दीयो  चलेछ हुरि ।   ४,  चिन्तै चिन्ता थुप्रेर  अल्जिएको जीवन   उदासिन बनिंदा  मौन सन्नटा ।   ५,  अजनवी जीवन  समस्याको ओइरो  कुना छेल्दै लुक्दामा  रात नै प्यारो ।  ६,  मनको बगैंचामा  गरिएको कर्मले  हरियाली जीवन  लुट्दै आनन्द ।       लेखक:-श्रीराम श्रेष्ठ (बट्टार,नुवाकोट  )