कविताः जनता – दिव्य गिरी  तीन अक्षरको यौटा शब्द छ – जनता  राजनीतिमा अत्यधिक प्रयोग हुने शब्द – जनता  संसारभरका शासकहरूलाई शासन गर्न नभई नहुने – जनता  हो, जनताले नै बनाउँछ  शासकलाई वास्तबिक शासक ! तर तेही जनता सृष्टिकालदेखि नै युद्ध र लँडाइको नाममा मारिन्छ क्रान्तिको नाममा काटिन्छ निरीह र निरपराध हुँदाहुँदै पनि आत्मघाती हमलामा पारिन्छ । यस प्रकार जनता    अन्याय र असुरक्षाको गुफामा सँधै निसासिन्छ अशान्तिको भूमरिमा दिनदिनै अतालिन्छ । बिचरा जनता ! आफैमाथि शासन गराउन आफैमाथि शासन गर्ने  शासक चुन्नको निम्ति घन्टौँसम्म लाइनमा उभिन्छ  र मनमनै कामना गर्छ –  यो पटक जित्ने नेताले गाउँमा स्कूल, बाटो   र खोलामा पूल हालिदिन्छ  गाउँमा अस्पताल र पिउने पानीको धारा ल्याइदिन्छ । कति सोझो र निष्कलङ्क छ जनता  सँधै सपना पालेर राख्छ आँखामा  सँधै सपना गोडेर बस्छ मनमा । हो, आज त्यही जनाता  सँधै अभाव र महँगीको भारले थिचिएकै छ सँधै भ्रष्टाचारको आकाशले किचिएकै छ  सँधै न्यायको निम्ति तड्पिएकै छ  सँधै शान्तिका निम्ति कहाल...