कटौता - पुष्कर लोहनी  १, घचेडी दियौ आँखामा आँखा च्याप्दै जमाएको पानीमा । २, धकेली दिँदा थकाउने पहाड  बजारियो खोंचैमा । ३, फुर्किने काग रुप बदल्दै छिर्ने ठुङ्ला है छोपिहाल । ४, अँध्यारो कोठा बढार्दा छिर्ला भित्रै कुचोसँगै लक्ष्मी नै । ५, तातो फलाम जमेको चिसो हिउँ  भेट मै पग्लिहाल्ने । ६, घचाडी दिँदा आँखाभित्रै डुबेछ जोगाएको माया त । ७, मन्दिर छिर्दा ढक्किभरि सपना  फर्कदा रगताम्य । ८, बाल्न खोजेको दीयो नै घोप्टिएछ भुइँ नै भिजाउँदै । ९, सुँघेको मात्र  फुलेको रातो फूल  ओइलाएको रस ।