जापानी शैलीका कटौताहरु - पुष्कर लोहनी/श्रीराम श्रेष्ठ/रामकृष्ण अमर पुष्कर लोहनी १, मायालु कुवा जाडोको तातो माया गर्मीमा चिसो छाया । २, गहिरो मन जे जस्तो कोचे पनि माया त रसिलो पो । ३, माटोको पाला तेल खनाएकै हो बल्दै बलेन बत्ती । ४, मुसो डुबेछ पोखरी गनाउँदा उफ्रेछ वाम माछा । ५, धकेली दिँदा थकाउने पहाड बजारियो खोंचैमा । ६, घचेडी दियौ आँखामा आँखा च्याप्दै जमाएको पानीमा । - श्रीराम श्रेष्ठ १, अस्तायो घाम नछिप्पिँदैको रात सपना अकास्सियो । २, प्रेमको वास्ना मन छुँदै उडेछ बिर्सन नसकिने । ३, हरियो दुबो पैतलाले कुल्चिँदा आँखा नै तान्न खोज्ने । ४, खहरे खोला खुट्टा नै डुबाएर खोतल्दै बाटो खोज्ने । ५, आफै जलेर उज्यालो छरिदिँदा मनै सेतो खरानी । ६, मनको पीडा बुझ्ने कोहि नहुँदा आँसुको थुप्रो खस्दा । - रामकृष्ण अमर १, पुर्खाको चिनो उम्मेको नुवाकोट इतिहास बोकेर । २, बिहानी लाली घामको झुल्को छिर्दा पग्लेको रातो डाँडो । ३, बन्द आवाज चिस्सिएको वारुद मनभित्रै विस्फोट । ४, मनको कालो भेष बदल्दै जाँदा...