सिजो कविता    - श्रीराम श्रेष्ठ  १,  समय शक्तिशाली रोकिँदैन चिच्याएर  सपना देख्छौँ हामी पूर्णतामा बन्दी हुँदै  चलाख गोटी चालेर बौद्धिकता प्रस्तुत ।    २,  हेरेको हैसियत आफैलाई  लाज भयो  लाजले छोपिँदिंदा घृणा जाग्यो आफैभित्र  घमण्ड फाल्नुपर्दछ आफैलाइ सुधारी ।    ३,  लम्कँदै अघिअघि आफुलाई खियाउँदै  जीवन धकेलिँदा अन्त्यहीन सोचहरु  हामिले दिवास्वप्नमा कतिन्जेल दौडने ।   ४,,  हाँसेर ख्यालठट्टा गर्दाखेरि रमाइलो  मस्तीमा हाँसीखुसी मनलाई शान्तिप्राप्ति  जीवन खेलौना भए कति हुन्थ्यो सजिलो ।   ५,  बिरानो लाग्न थाल्यो  छोटो दिन सम्झिएर  गरेर पश्चात्ताप दु:खी मन हताँरिदै  ढल्किँदा जवानीलाई जिब्रो काट्दै हाँसेको ।   ६,  बुझेर आफैलाई आनन्दमा जोगाएको  घमण्ड जति गर्यो सिध्याउँछ जानी राखौँ  सबैले बुझ्नुपर्नेर्छ आफ्नो आफ्नो दायित्व ।